गृह मन्त्रालयमा आकस्मिक सुरक्षा बैठक: सडकमा प्रदर्शन हुन नदिन निर्देशन
  • CIA Khabar

  • काठमाडौँ । सरकारले निषेधाज्ञा उल्लंघन गरेर मानिसलाई कुनै पनि हालतमा सडकमा निस्कन नदिन सुरक्षा निकाय र स्थानीय प्रशासनहरुलाई निर्देशन दिएको छ । गृह सचिव महेश्वर न्यौपानेले नेपाल प्रहरी,सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई डाकेर निषेधाज्ञाका बेला भिडभाडजन्य गतिविधि गर्न नदिन निर्देशन दिएका हुन् ।

    सरकारी आदेश उल्लंघन गरेर सडकमा निस्किए कानुन अनुसार कारबाही गर्न समेत गृहले निर्देशन दिएको छ ।

     

    प्रतिनिधिसभाको विघटनपछि उत्पन्न राजनीतिक जटिलतासँगै सडक आन्दोलन हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै गृह मन्त्रालयले निषेधाज्ञा उल्लंघन रोक्नलाई निर्देशन दिएको हो ।

    गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले सुरक्षा निकायका प्रमुखहरुसहितको बैठकमा देशभरको निषेधाज्ञा र कोभिड संक्रमणविरुद्ध चालिएका कदमबारे समिक्षा भएको र यसलाई अझ सशक्त बनाउने बारे थप निर्देशन दिइएको बताए ।

    बैठकपछि गृह मन्त्रालयले ७७ वटै प्रमुख जिल्ला अधिकारी र तीनवटै सुरक्षा निकायलाई परिपत्र गरी कुनै पनि हालतमा भिडभाडजन्य गतिविधि रोक्न निर्देशन दिएको हो ।

    गएराति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ र मंसिर ३ गते निर्वाचन मिति घोषणा गरेपछि प्रमुख प्रतिपक्ष कांग्रेससहितका ४ दल र सत्तारुढ एमालेको माधव नेपाल समूहले प्रतिगमनविरुद्ध आन्दोलन गर्ने घोषणा गरिसकेका छन् । त्यसलगत्तै गृहसचिव न्यौपानेले प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री,सशस्त्र प्रहरी महानिरीक्षक सैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी तथा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीसहितको आकस्मिक सुरक्षा बैठक डाकेका थिए ।

    प्रतिपक्ष दलहरुको आन्दोलन गर्ने घोषणा लगत्तै गृहमा सम्भावित राजनीतिक विरोधका कार्यक्रममाथि समिक्षा भएको थियो ।

  • ८ जेष्ठ २०७८, शनिबार १८:२६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images