प्रतिनिधिसभा विघटनविरूद्ध कानूनी लडाइँमा जाने कांग्रेसको निर्णय
  • CIA Khabar

  • काठमाडौँ । नेपाली कांग्रेस प्रतिनिधिसभा विघटनविरूद्ध कानूनी लडाइँ जाने भएको छ ।

    पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बिहान बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहर गर्दै कानूनी चुनौती दिने निर्णयमा पुगेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

    संविधानको धारा ७६ को ५ अनुसार सरकार बन्ने अवस्था हुँदाहुँदै सरकारको सिफारिसमा मध्यरातमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेकोमा कांग्रेस आक्रोशित छ ।

    लोकतन्त्र तथा संविधान रक्षाका लागि पार्टीले कानूनी लडाइँसँगै अन्य दल तथा नागरिक समाजसँग सहकार्य गर्दै राजनीतिक लडाइँ पनि लड्ने निर्णय गरेको महतले बताए ।

    यसका लागि सर्वदलीय छलफलमार्फत संयुक्त रिट दिने तयारी भएको उनले बताए । नयाँ प्रधानमन्त्रीका लागि कसैको पनि दाबी नपुगेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति देउवाको दाबी खारेज गरेकी राष्ट्रपति भण्डारीले कात्तिक २६ र मंसिर ३ मा चुनाव घोषणा गरेकी छन् ।

    प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको उक्त कदमको विपक्षी दलका अधिकांश नेताहरूले विरोध गरेका छन् ।

  • ८ जेष्ठ २०७८, शनिबार २३:५१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images