राष्ट्रिय निकुञ्जमा यार्सागुम्बा संकलनमा रोक
  • CIA Khabar

  • सङ्खुवासभा। मकालु वरुण राष्ट्रिय निकुञ्जले बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलनमा यस वर्ष रोक लगाएको छ । वर्षैपिच्छे संकलन गरिँदै आएको यार्सागुम्बा कोरोना भाइरस कोभिड–१९ को जोखिम बढेपछि संकलनमा रोक लगाइएको हो ।

    कोरोना भाइरस जोमिख न्यूनीकरण तथा सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर रोक लगाइएको निकुञ्ज कार्यालय सङ्खुवासभाका प्रमुख रामदेव चौधरीले जानकारी दिए ।

    निकुञ्जले विगत वर्षमा यार्सागुम्बा संकलनका लागि जेठको पहिलो साता खुल्ला गर्ने गरेको थियो । निकुञ्ज कार्यालयले यस वर्ष जेठ १० गतेदेखि असार १० सम्म यार्सा संकलन गर्न खुल्ला गरेपनि कोरोना संक्रमण र लकडाउन कारण संकलनमा रोक लगाइएको हो ।

    निकुञ्जको सूचना विपरित यार्सागुम्बा संकलन गर्ने गराउनेलाई राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु ऐन २०२९ को २०३० बमोजिम कारबाही गर्ने निकुञ्जका प्रमुख चौधरीले बताए ।

    यार्सागुम्बा मकालु गाउँपालिका, भोटखोला र सिलिचोङ गाउँपालिका क्षेत्रको मकालु बरुण निकुञ्ललगायत ठाउँमा पाइन्छ । मकालुको ठूलो डाडाँ, याङ्ले सिलिचोङको सङ्खुवा भीर र भोटखालाको पोक्टीभञ्याङ, यिदुकलगायतका ठाउँमा यार्सा संकलन गरिन्छ । उच्च हिमाली क्षेत्रका बान्सिदाको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा मानिन्छ ।

    जिल्लामा विगत वर्षमा २० देखि २५ किलोग्राम सम्म यार्सागुम्बा संकलन हुने गरेको तथ्याङ्क छ । गुणस्तरका आधारमा एक नम्बरको यार्सागुम्बालाई केजीको ४० लाख सम्ममा बिक्री हुने गरेको भए पनि संखुवासभामा यार्सागुम्बा प्रति केजी साढे ५ लाखदेखि साढे ७ लाखसम्ममा किनबेच हुने गरेको व्यापारीको भनाइ छ । यसरी संकलन गरिएको यार्सा चीनको तिब्बती तथा काठमाडौं र तिब्बततर्फ बढी निकासी हुने गरेको छ ।

  • ९ जेष्ठ २०७८, आईतवार ००:०८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images