माधव र देउवाप्रति प्रधानमन्त्री ओलीको कठोर टिप्पणी
  • CIA Khabar

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले नेता माधव नेपालप्रति अहिलेसम्मकै सवैभन्दा कडा टिप्पणी गर्नुभएको छ । कांग्रेस सभापति देउवाले राष्ट्रपतिमाथि गरेको शब्द प्रयोग र नेपालले बिपक्षीलाई हाकाहाकी सघाउने कामबारे चर्चा गर्दै प्रधानमन्त्री ओलीले कठोर टिप्पणी गर्नुभएको हो ।

    प्रधानमन्त्री बिकेपछि आफ्नै पार्टीको सरकार ढाल्न विपक्षीसँग गठबन्धन गरेको तथ्यसमेत प्रधानमन्त्रीले राख्नुभयो । आज बालुवाटारमा आयोजित बुद्धिबहादुर रायमाझीको ‘पञ्चायती जेलमा १३ वर्ष’ नामक पुस्तक बिमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले कम्युनिष्ट आन्दोलन सिध्याउन नेपालसहितका केही नेता बिकाउ र पतित भएको भन्दै कडा आलोचना गर्नुभयो ।

    उहाँले भन्नुभयो,‘हिजैमात्र देखियो जसको विरुद्ध चुनाव लडेर आइयो र भोलि पनि प्रतिस्पर्धा गर्नु छ, विपक्षी नेतालाई प्रधानमन्त्री बनाउन लागेको देखियो । अनुशासन तोडेर, पार्टी निर्णय निर्णय गरिरहनु पर्दैन त्यस्ता कुरामा । तर जब नेता बिक्छन्, जब नेता पतित हुन्छन् आन्दोलनलाई सिध्याउन उद्यत हुन्छन् ।’

    त्यस्तै कार्यक्रममा उहाँले राष्ट्रपतिलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रयोग गरेको भाषाप्रति आपत्ति जनाउनुभयो । जसले लोकतन्त्र मान्दैन, उनीहरुले आफूलाई लोकतन्त्रको हिमायती बनेर नक्कली कुरा गरिहेको बताउनुभयो ।

    देशलाई अराजकता र असभ्यतातिर लैजान खोजेको भन्दै उहाँले थप्नुभयो, ‘मैले आज प्रमुख प्रतिपक्ष दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको औपचारिक वक्तव्य हरेँ, राष्ट्रपतिलाई तपाईसम्म भन्न सभ्यता नेपाली कांग्रेसमा रहेन । तिमी, उनी, यसो गरिन् ‘यस्तो भाषा बोलिएको छ ।’ ‘जनसिद्ध श्रेष्ठताको पाखण्डी सिद्धान्तका आधारमा कुनै नालयक पात्र राजा नामको कोही हुन्थ्यो भने कस्तो–कस्तो भाषा बोलेर निहुरिएर के–के भाषा बोल्ने यी मान्छेहरु । आज जनताका छोराछोरी सम्मानित पदमा पुगे भने सम्मान गर्नु हुँदैन भन्ने ठान्छन् । तपाई पनि भन्नु हुँदैन भन्ने ठान्छन् राष्ट्रपतिलाई ।’

    अहिले असभ्य तरिकाले बोल्नु, अरुलाई तँ तिमी भन्नु बहादुरी ठान्ने गरेको पनि उहाँले सुनाउनुभयो । उहाँले थप्नुभयो, ‘अरु त चलेकै थियो । नेपाली कांग्रेसका सभापतिको पनि त्यस स्तरको भाषा देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियानको ब्यापकता कहाँसम्मु पुगेछ भन्ने चाहिँ अचम्म लाग्यो ।’ प्रधानमन्त्री ओलीले सानालाई स्नेह गर्ने र ठूलालाई आदर सम्मान गर्ने नेपालीको मर्यादा भएको बताउनुभयो ।

    उहाँले राजनीतिक रुपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०६३ साल यताका १५ वर्षमा मानिसहरुलाई लगाएको बचन असभ्यता र संस्कारहिनताको पराकाष्टा भएको भन्दै उहाँले भन्नुभयो, ‘अहिलेको राजनीति त नेपाली कांग्रेसले पनि कसलाई गुरु थापेको हो मलाई अचम्म लाग्छ ।’

  • ९ जेष्ठ २०७८, आईतवार ००:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images