अर्घाखाँची । बिश्वब्यापी माहामारी को रुपमा फैलिएको कोरोना भाइरस बाट आक्रान्त जिल्ला बासी हरु को समस्या लाई मध्यनजर गर्दै राष्ट्रिय युबा संघ नेपाल जिल्ला कार्य समिती अर्घाखाँचीले नि शुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ ।
पैसाको अभाबमा अस्पताल सम्म पुग्न नसक्ने हरुको लागि निशुल्क एम्बुलेन्स सेवा सन्चालन गरेको राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटि सदस्य दिपक भुसालले बताउनु भयो ।
भुसालले भन्नुभयो “जिल्ला बासी आम जनसमुदाय हरु जो कोहि समस्या मा हुनुहुन्छ भने हाम्रो सम्पर्क नम्बरमा सम्पर्क गरि एम्बुलेन्स सेवा लिन सक्नु हुने छ ।”
राष्ट्रिय युवा संघ नेपाल अर्घाखाँची टिमको सम्पर्क नम्बर निम्न छ :
9857061186
9857029207
9857066631
9857029187