माधव नेपाल निकट नेता राईको नेतृत्वमा अर्को पार्टी दर्ता, नेपालले दर्ता गराउन लगाएको आशंका
  • CIA Khabar

  • काठमाडौं । नेकपा एमालेका युवा नेता जीवन राईको नेतृत्वमा निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) दर्ता भएको छ । वैशाख ७ गते दल दर्ताको निवेदन दिए पनि प्रमाणपत्र पाउन बाँकी रहेको छ ।

    निर्वाचन आयोग स्रोतका अनुसार नेकपा (एकीकृत) को उपाध्यक्षमा कल्पना गुरुङ,महासचिव विनोद खुलाल,सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल रहेको पदाधिकारी दर्ता भएका छन् ।

    माधव नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्ने तयारी भइरहेका बेला नेपाल निकट युवा नेताहरुले दर्ता गराएको नेकपा एकीकृत नै माधव नेपालको पार्टी बन्न सक्ने अनुमान गरिएको छ ।

    राईले भने आफूले नेताहरुसँग सल्लाह नगरी पार्टी दर्ता गरेको बताए । अनेरास्ववियुको उपाध्यक्षमा पराजित भएदेखि पार्टीमा कुनै जिम्मेवारी नपाएकाले आफूहरुले अलग पार्टी दर्ता गरेको उनको भनाइ छ ।पार्टीको चुनाव चिन्ह कलम दावी गरिएको राईले बताए ।

    संखुवासभा जिल्लाका बासिन्दा रहेका राई नविना लामा अनेरास्ववियुको अध्यक्ष जित्दा उनको विपक्षी प्यानलबाट उपाध्यक्षमा हारेका थिए । उनी एमालेभित्र जुझारु युवा नेता मानिन्छन् ।

    महासचिव बनेका खुलाल अमृत साइन्स क्याम्पसमा अनेरास्ववियुबाट राजनीति गरेका हुन् । उनी २०६५ सालको स्ववियु चुनावमा सभापतिबाट बागी उम्मेवार बनेका थिए ।

  • ९ जेष्ठ २०७८, आईतवार १४:२० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images