तिनै चारजना मान्छेको स्वार्थले देश अस्तव्यस्त : प्रधानमन्त्री
  • CIA Khabar

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लामो समय पार्टीको नेतृत्व गरेका, पटकपटक प्रधानमन्त्री भइसकेका केही व्यक्तिका कारण देश अस्तव्यस्त भएको बताएका छन् । आइतबार पत्रकारहरुसँग कुरा गर्दै उनले नाम नतोकिकन ‘चारजनाका कारण देश अस्तव्यस्त भएको’ टिप्पणी गरेका हुन् ।

    उनले भने, ‘चार पटक प्रधानमन्त्री भएका, पार्टीको सभापति भइसकेका, ७० वर्ष कटिसकेका मानिसहरुले अस्तव्यस्त बनाएका छन्,’ उनले भने, ‘उहाँहरुलाई आफ्नो अहम्, आफ्नो इगोको चिन्ता छ, देशको होइन ।’ उनीहरुमा अतृप्त भोक, कहिल्यै चित्त नबुझ्ने, कहिल्यै पेट नभरिने, कहिल्यै प्यास नमेटिने गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देश बिग्रिनुको मुख्य कारण यही नै रहेको दावी गरे ।

    ‘यो त सत्ता स्वार्थ मात्र हो,’ उनले भने, ‘सत्ता नपाएकाको होइन, पाइसकेकाहरु नै सधैँभरी सत्ता स्वार्थमा केन्द्रित रहे ।’ उनले लोकतान्त्रिक बाटोबाट हिँडेर गए पनि सत्तामा पुग्न सकिने भन्दै असंवैधानिक, अलोकतान्त्रिक, अस्वस्थ प्रक्रियाबाट जान खोजेका कारण समस्या देखिएको बताए ।

    यसप्रति युवापङ्ति सजग हुनुपर्ने उनले बताए । युवाहरुलाई लक्षित गर्दै उनले भने, ‘काँधमा अभिभारा बोकेर अघि बढ्न तयारी गर्नुस् । देशको वातावरण बिगार्न र निराशा पैदा हुन नदिनुस् ।’

  • ९ जेष्ठ २०७८, आईतवार १६:५२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images