आइतबार शेयर बजारमा ऐतिहासिक रेकर्ड
  • CIA Khabar

  • काठमाडौँ । साताको पहिलो दिन (आइतबार) नेप्से परिसूचकले हालसम्मकै ऐतिहासिक रेकर्ड राखेको छ ।

    नेप्से ३२।८१ अंकले बढेर २८२० मा पुगेर ऐतिहासिक उचाइ कायम गरेको हो ।

    दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचक मध्ये होटल्स तथा पर्यटन, निर्जीवन बीमा र लघुवित्त समूहको परिसूचक घटेका छन भने बैंक, जलविद्युत्, वित्त, उत्पादन तथा प्रशोधन,व्यापार, अन्य,जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक बढेको छन ।

    यस्तै अन्तिम समयसम्म कारोबारमा आएका २२० कम्पनीको २ करोड ५१ लाख ६३ हजार ६६० कित्ता शेयर १ लाख २६ हजार १२४ पटक किनबेच हुँदा ११ अर्ब ६९ करोड ५० लाख रुपैंया बराबरको कारोबार भएको छ ।

    आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू।४१ करोड ८६लाख बराबरको शेयर कारोबार भएको छ ।

  • ९ जेष्ठ २०७८, आईतवार १७:०६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images