अध्यादेशबाट बजेट ल्याउछौँ, बिकास निर्माणका कामहरू निरंतरता दिन्छौँ: प्रधानमन्त्री ओली
  • CIA Khabar

  • काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले आगामी आर्थिक बर्षका लागि अध्यादेशबाट बजेट ल्याउने बताएका छन् । बालुवाटारमा आफ्नो दल निकट पत्रकारहरूसँगको अन्तर्क्रियामा उनले अध्यादेशबाट ल्याउने बजेटका लागि एउटा औपचारिक बाचन कार्यक्रम राखिने जानकारी दिए ।

    उनले भने–‘त्यसको जारी औपचारिक रुपमा सम्माननीय राष्ट्रपतिबाट हुनेछ । बजेट सस्तो लोकप्रियता अथवा चुनाव भइसकेपछि पनि दुरगामी भविष्यलाई प्रभाव पार्नेगरी देशका लागि प्रतिकूल हुनेगरी आउँदैन। हामी जिम्मेवार ढंगले बजेट प्रस्तुत गर्छौ । मैले यसअघि नै घोषणा गरेका नीतिहरु, कार्यक्रमहरूका लागि पनि बजेट आउँछ ।’

    उनले विकास निर्माणका साथै कोरोना निर्मूलका लागि बजेट केन्द्रीत हुने दावी गरेका छन् । यही जेठ १५ गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

  • ९ जेष्ठ २०७८, आईतवार १७:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images