आदलत जान विपक्षी गठबन्धनको बहुमत संख्याको हस्ताक्षर पुगेनः आफै अप्ठ्यारो पर्ने संकेत
  • CIA Khabar

  • काठमाडौँ । प्रतिनिधिसभाको विघटनको विरुद्धमा सर्वोच्च अदालत जानको लागि गरिएको संघिय सांसदहरुको हस्ताक्षरमा बहुमत पुग्न सकेन ।

    आज संघिय संसदको लोत्सेहलमा गरिएको हस्ताक्षर कार्यमा माओवादी तथा कांग्रेसका अधिकांश निवर्तमान सांसदहरु उपस्थित भई हस्ताक्षर तथा आफ्नो नागरिकताको विवरण उल्लेख गराए पनि एमाले माधव नेपाल समूहका अधिकांस सांसदहरुले हस्ताक्षर नगरेका कारण बहुमत पुग्न नसकेको स्रोतले बताएको छ । त्यस्तै कांग्रेस, माअ‍ोवादी, जसपाका केही सांसदहरु समेत उपस्थित नभएको स्रोतले बताएको छ ।

    आज बहुमत जुटाउन नसकेपछि भोली १० बजेसम्म कांग्रेसका सभापति शेरबहादुर देउवाले दावी प्रधानमन्त्रीको लागि दावी गर्नुभएको संख्या १४९ जना सांसदहरुको हस्ताक्षर गरी सर्वोच्च अदालतमा जाने भनि नेताहरु हाललाई उक्त स्थानबाट बाहिरिएका छन् । प्रधानमन्त्रीमा देउवाको लागि माधव समूहबाट २६ जनाको हस्ताक्षर बुझाइएको छ ।

    आजको हस्ताक्षर कार्यक्रममा एमालेका नेता सुरेन्द्र पाण्डे उपस्थित भए पनि हस्ताक्षर गर्न मान्नुभएको छैन । त्यस्तै घनश्याम भुषालले पनि हस्ताक्षर नगर्नुभएको स्रोतले बताएको छ । माधव समूहबाट १८ जनाको उपस्थिती रहेको भनिएता पनि हस्ताक्षर भने केहीले मात्र गर्नुभएको बताइएको छ । त्यस्तै एमाले माधव समूहका धेरै सांसदहरुले हस्ताक्षर गर्नुभएको छैन । सोही कारण आज विपक्षि गठबन्धन संसद विघटनको विरुद्धमा अदालत जान सकेन ।

    देउवाको दावीमा १४९ जनाको भएता पनि हस्ताक्षर १४९ नपुग्ने निश्चित भएको छ । यति मात्र नभई बहुमत पुर्याउन समेत कठिन भएको छ । अदालतमा जाँदा १४९ जना सांसदहरुको हस्ताक्षर नभएमा देउवा आफै अप्ठ्यारोमा पर्ने देखिन्छ । अस्ति कहाँबाट १४९ जनाको हस्ताक्षर भयो भन्ने गंभिर प्रश्न खडा हुने भएको छ । १४९ जनाको हस्ताक्षर बुझाउन नसके उल्टै देउवाले किर्ते गरेको अदालतमा नै प्रमाणीत हुने सम्भवान बलियो देखिएको छ । किर्ते प्रमाणीत अदालतले गरेको खण्डमा देउवाको अवस्था के हुन्छ भन्ने हेर्न बाँकी रहेको छ ।

  • ९ जेष्ठ २०७८, आईतवार १७:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images