मन्त्रिमण्डल हेरफेर हुन्छ : प्रधानमन्त्री ओली
  • CIA Khabar

  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद हेरफेर हुने बताउनुभएको छ ।

    बालुवाटारमा आइतबार पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले ७ मन्त्री नियुक्त मात्रै गर्ने नभएर अन्य दलहरु पनि सहभागी हुने अवस्था आए २५ भन्दा बढी सदस्य नहुने गरी हेरफेर हुने जानकारी दिनुभयो । अहिले विभिन्न ७ मन्त्रालयको जिम्मेवारी आफैंसँग रहेको भन्दै प्रधानमन्त्री ओलीले केही समयमै मन्त्रिमण्डल हेरफेर हुने बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘७ वटा मन्त्रालय खाली नै छन् । संविधानले २५ भन्दा बढी बनाउन नपाउने भनेको छ । दलहरुको संसदको हैसियत अनुसार बाँडेर यही सरकारलाई राष्ट्रिय सरकार बनाउन सकिन्छ । यही सरकारलाई चुनावी सरकार बनाउन सकिन्छ ।’

  • ९ जेष्ठ २०७८, आईतवार १७:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images