गुल्मीमा कोरोना निको हुने दर बढ्दै, आज मात्र १२१ जना कोरोना संक्रमण मुक्त
  • गोकर्ण पाण्डे

  • गुल्मी । गुल्मीमा कोरोना संक्रमणबाट निको हुनेको संख्या बढ्दै गएको छ।
    पछिल्लो २४ घण्टामा १ सय २१ जना कोरोना संक्रमण मुक्त भएका छन्।

    अहिले सम्म कुल ७ सय १४ जना कोरोना जितेर घर फर्किएको स्वास्थ कार्यालय गुल्मीले जानकारी दिएको छ। पछिल्लो २४ घण्टा जिल्लामा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप दुई जनाले ज्यान गुमाएका छन्।

    यो सगै जिल्लामा दोस्रो लहर सुरु भए देखि कोरोना संक्रमणको कारण ६६ जनाले ज्यान गुमाई सकेका छन्।

  • ९ जेष्ठ २०७८, आईतवार १८:३८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images