कर्णालीमा थप १० कोरोना सङ्क्रमितको मृत्यु
  • CIA Khabar

  • कर्णाली । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमणबाट कर्णाली प्रदेशमा आज १० जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार वैशाख १० गतेदेखि जेठ ९ गतेसम्म १६९ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेमा सुर्खेतका चार, सल्यानका तीन र जुम्ला, डोल्पा र दैलेखका एकरएक गरी १० जनाको मृत्यु भएको निर्देशनालयका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिए ।

    “कोरोना सङ्क्रमणबाट सुर्खेतमा सबैभन्दा बढी मानवीय क्षति भएको छ”, निर्देशक खड्काले भने, “आजसम्मको तथ्याङ्कअनुसार सुर्खेतमा १२२, सल्यानमा ३५, रुकुमपश्चिममा २०, दैलेखमा १७, डोल्पामा पाँच, कालीकोटमा तीन, जुम्ला र जाजरकोटमा दुईरदुई र अन्य चार व्यक्तिको मृत्यु कोरोना सङ्क्रमणबाट भएको छ ।” उनका अनुसार मृतकको सङ्ख्यामा कमि आउन सकेको छैन ।

    आज कर्णालीमा ५१० व्यक्ति कोरोना निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा २४९ जनाको आरटी पीसीआर परीक्षणमा ११९ र एन्टिजेन ७११ जनाको परीक्षण गरिएकोमा १६० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

    निर्देशनालयका अनुसार आज दुई २९९ सङ्क्रमित थपिएसँगै छ हजार ४०६ जना आइसोलेशनमा रहेको निर्देशनालयले जनाएको छ ।

  • ९ जेष्ठ २०७८, आईतवार २०:२९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images