सुर्य चिन्ह बाट चुनाब लढेर कांग्रेसलाई साथ दिने एमाले सांसद संख्या २० पुग्यो (सुचिसहित)
  • CIA Khabar

  • काठमाडौ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा रहेको विपक्षी गठबन्धनले सांसदको नागरिकता र हस्ताक्षर संकलन अन्तिम चरणमा पुगेको जनाएको छ ।

    आजै सर्वोच्च जाने तयारीमा रहेको विपक्षी गठबन्धनको तर्फबाट एमाले नेता माधव कुमार नेपाल पक्षका २० सांसदको हस्ताक्षर जुटेको छ । यसअघि नेपाल पक्षका २६ सांसदको हस्ताक्षर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनका लागि संकलन भएको बताइएकामा ६ जनाले भने आज हस्ताक्षर नगरेको बताइएको छ ।

    एमालेका नेताहरुका अनुसार ६ जनाले हस्ताक्षर नगरेपनि उनीहरुले पहिले गरेको हस्ताक्षर रहेको र सोहीअनुसार प्रतिबद्धता जनाउन लगाउने प्रयास भइरहेको छ ।
    नेताहरुका अनुसार ती ६ सांसदले हस्ताक्षर नगरेपनि देउवाको पक्षमा हस्ताक्षरको बहुमत भने जुटिसकेको छ ।

    हिजैदेखि सर्वोच्च अदालत जानुअघि सिंहदरबारमा काँग्रेस, माओवादी, जसपा र एमालेको माधव कुमार नेपाल पक्षका सांसदहरु हस्ताक्षर र नागरिकता संकलनको कार्यमा व्यस्त रहेका छन् ।

  • १० जेष्ठ २०७८, सोमबार ००:२० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images