एमालेका १४ प्रदेशसभा सदस्यले बुझाए स्पष्टीकरण
  • CIA Khabar

  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(एमाले) संसदीय बोर्डले स्पष्टीकरण सोधेका प्रदेशसभा सदस्यले स्पष्टीकरण बुझाएका छन् ।

    स्पष्टीकरण सोधिएका सबै प्रदेशसभा सदस्यले एकमुष्टरुपमा स्पष्टीकरण बुझाएको एमाले वाग्मती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए ।

    बोर्डले नेत्री अष्टलक्ष्मी शाक्यसहित माधवकुमार नेपाल पक्षका मानिने १४ प्रदेशसभा सदस्यहरुलाई स्पष्टीकरण माग गरेको थियो । प्राप्त स्पष्टीकरणको अध्ययन गर्ने र चित्तबुझ्दो नभए पार्टी विधानानुसार कारवाही गरिने मुख्य सचेतक निरौलाले बताए ।

    “उहाँहरुलाई कारवाही गर्ने सम्पूर्ण अधिकार बोर्डले बोर्ड अध्यक्ष तथा मुख्यमन्त्री डोरमणि पौडेललाई दिएको छ”, उनले भने ।

    बोर्डको शनिबारको बैठकले शाक्यसहित राजेन्द्रप्रसाद पाण्डे, अरुणप्रसाद नेपाल, रचना खड्का, कुसुमकुमार कार्की, मुनु सिग्देल, वसुन्धरा हुमागाईँ, लक्ष्मण लम्साल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, वसन्तप्रसाद मानन्धर, शान्तिराम पौडेल, पार्वती सिलवाल र मीना ज्ञवालीलाई स्पष्टीकरण माग गरेको थियो ।

  • १० जेष्ठ २०७८, सोमबार ००:३४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images