त्रिविद्वारा भर्चुअल कक्षा सञ्चालन गर्न निर्देशन
  • CIA Khabar

  • त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोरोना भाइरस अति प्रभावित जिल्लाका ठूला शहरका क्याम्पसलाई भर्चुअल माध्यमबाट पठनपाठन गर्न निर्देशन दिएको छ ।

    त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएकाले भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गर्न निर्देशन दिएका हुन् ।

    यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख मसान्तसम्म विद्यालय र कलेजलाई अनलाइन वा वैकल्पिक माधयमबाट कक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

    दाहालका अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, झापा, सुनसरी, मोरङ, सप्तरी, जनकपुर, मकवानपुर, रुपन्देही, बुटवल, चितवन, बाँके, पर्सा, नेपालगञ्ज, दाङ, सुर्खेत, बागलुङ र महेन्द्रनगरमा सैद्धान्तिक कक्षा अनलाइनको माध्यमबाट सञ्चालन गर्न भनिएको छ ।

    त्रिविले यी ठूला शहरबाहेक बाँकी जिल्लाका शहरमा भने स्थानीय तहसँगको समन्वयमा जनस्वास्थ्यका मापदण्ड लागू गरी कक्षा सञ्चालन गर्न आग्रह गरेको हो ।

    यस्तै त्रिविले आवश्यक स्वास्थ्य सावधानी अपनाई परीक्षा सञ्चालन, २५ जनाभन्दा बढी उपस्थित नहुने गरी कुनै सभा, बैठक, गोष्ठी, सभा नगर्न र सबै कार्यालय, क्याम्पस, स्कुल र विभागले स्वास्थ्य सावधानी अपनाउँदै मास्क, सेनिटाइजर र साबुन पानीको आवश्यक व्यवस्था गर्न आग्रह गरिएको छ ।

  • ८ बैशाख २०७८, बुधबार १९:४८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images