जसपामा नयाँ मोड
  • CIA Khabar

  • काठमाडौँ । जनता समाजवादी पार्टीको विवादले नयाँ मोड लिएको छ । डा। बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षको दुई दिनसम्म बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले अध्यक्ष महन्थ ठाकुर, संसदीय दलका नेता राजेन्द्र महतोसहित चार जनालाई पार्टी विधान र नियमावली बमोजिम स्पष्टीकरण सोध्ने भएको छ ।

    पार्टीको नीति, सिद्धान्त, विचार, एजेन्डा, विधान र कार्यदिसाविपरीत कार्य गर्दै गराउँदै हिँडेको भन्दै अध्यक्ष ठाकुर, महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको कार्यकारिणी सदस्य मो। इस्तियाक राईले जानकारी दिए ।

    ओली सरकारमा पार्टीको कुनै सदस्य सामेल भएमा पार्टीबाट स्वतः निष्कासित हुने प्रस्ट पारिएको उनले बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

  • १० जेष्ठ २०७८, सोमबार ०९:४० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images