नागरिकता अध्यादेशबारे भ्रममा नपरौं : पूर्वमन्त्री पण्डित
  • CIA Khabar

  • काठमाडौँ । नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी नागरिकता सम्बन्धी अध्यादेशमा कुनै भ्रममा पर्नुपर्ने आवश्यकता नभएको बताउनुभएको छ ।

    हिजो जारी भएको अध्यादेशको बारेमा सामाजिक सञ्जालमा व्यापकमात्रामा आलोचना तथा साथर्मन भइरहेको समयमा नेता पण्डितले निर्वातमान संघिय संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित विधेयक र अहिले आएको अध्यादेशमार्फतको आएको प्रावधानमा कुनै फरक नभएकाले भ्रममा नपर्न अपिल गर्नुभएको छ ।

    उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘नागरिकता अध्यादेश र संविधानमा उल्लेखित नागरिकता सम्बन्धी ब्यवस्थाको साथै प्रस्तावित नागरिकता विधेयकमा राज्य ब्यवस्था तथा सुसासन समितिबाट पारित विधेयकमा कुनै फरक छैन । भ्रममा नपरौं ।’

    जन्मसिद्धका सन्तानले पनि अब वंशजको नागरिकता सहज रुपमा पाउने भएका छन् । सरकारले नागरिकता (पहिलो संसोधन) अध्यादेश २०७८ जारी गरेपछि बालिग भएका जन्मसिद्धका सन्तानले सहज रुपमा वंशजको नागरिकता पाउने भएका हुन् ।

    मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपति विद्या भण्डारीले आइतबार जारी गरेको अध्यादेशमा नेपालको संविधान जारी हुनुभन्दा अघि जन्मका आधारमा नेपालको नागरिकता लिएका व्यक्तिका सन्तानहरुले अब वंशजको नागरिकता पाउने व्यवस्था गरिएको छ । जनता समाजवादी पार्टी (जसपा) को माग सम्बोधन गर्ने क्रममा सरकारले यो अध्यादेश जारी गरेको जस्तो देखिए पनि यो व्यवस्थाबाट नागरिकताबाट बञ्चित हजारौं नेपाली लाभान्वित हुनेछन् ।

    नेपालको संविधान जारी हुँदा पनि संविधान जारी भएको मितिसम्म जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तान बालिग भएपछि वंशजको नागरिकता दिने व्यवस्था थियो । तर ऐन बन्‍न नसक्दा यो कार्यान्वयन हुन सकेको थिएन । संविधानको व्यवस्थाअनुसार ऐन नआउँदा नागरिकताका लागि परेको करिव ३५ हजार बढी निवेदन गृहमन्त्रालयमा थन्किएका छन् ।

  • १० जेष्ठ २०७८, सोमबार १०:३९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images