बचतकर्तालाई राष्ट्र बैंकको ‘अफर’
  • CIA Khabar

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले निक्षेपकर्ताका लागि नयाँ अफर ल्याएको छ । अघिल्ला वर्षमा जस्तै राष्ट्र बैंकले यो वर्ष नागरिक बचतपत्रमार्फत् आम नागरिकबाट ऋण उठाउन लागेको हो ।

    आन्तरिक ऋणसम्बन्धी तेस्रो चौमासिक कार्यतलिका सार्वजनिक गर्दै राष्ट्र बैंकले २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र बिक्री गर्न लागेको हो । यस्तो बचतपत्रको अवधि ५ वर्ष हुनेछ भने ब्याजदर ९ प्रतिशत हुनेछ । यस्तो बचतबापतको ब्याजदर ६र६ महिनामा भुक्तानी राष्ट्र बैंकले जनाएको छ ।

    अहिले बैंक तथा वित्तीय संस्थाको मुद्दती खातामा पैसा राख्नेलाई वाणिज्य बैंकले अधिकतम ७।५ प्रतिशत मात्रै ब्याज दिँदै आएका छन् । कतिपय बैंकहरुले मुद्दति खाताको ब्याजदरलाई घटाएर ५ प्रतिशतमा सीमित पारेका छन् । यस्तो अवस्थामा शुन्य जोखिम मानिने नागरिक बचतपत्र अवसर बन्न पुगेको छ ।

    राष्ट्र बैंकले यो वर्ष ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र समेत बिक्री गर्दैछ । यस्तो बचतपत्रको ब्याज पनि ९ प्रतिशत नै हुनेछ । तर, यस्तो बचतपत्रमा वैदेशिक रोजगारीमा रहेका वा रोजगारीबाट फर्किएको ६ महिना भन्दा कम समय भएकाहरुले मात्रै सहभागिता जनाउन पाउछन् । यस्तो बचतपत्रको ब्याजदर नागरिक बचतपत्रजस्तै ९ प्रतिशत रहेको छ ।

    कहिलेदेखि खुल्छ 

    राष्ट्र बैंकले नागरिक बचतपत्रका लागि जेठ ११ गतेदेखि असार १ गतेसम्मको मिति तोकेको छ । यो अवधिमा आवेदन दिएका मध्येबाट असार ६ गते बचतपत्रको बाँडफाँट हुनेछ । यद्यपि मागबमोजिम आवेदन प्राप्त भएको अवस्थामा बीचमा समेत बन्द हुने राष्ट्र बैंकले जनाएको छ ।

    यसअघि गत फागुनमा पनि राष्ट्र बैंकले २ अर्ब रुपैयाँको नागरिक बचतपत्र निष्कासन गरेको थियो । त्यो समयमा पनि यो ओभरसब्सक्राइभ भएपछि समय अगावै बन्द गरिएको थियो ।

    यस्तो बचतपत्र राष्ट्र बैंकबाट बजार निर्माताको लाइसेन्स पाएका बैंक तथा वित्तीय संस्थाबाट खरिद गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । अहिले ३३ वटा बैंक तथा वित्तीय संस्थाले बजार निर्माताको लाइसेन्स प्राप्त गरेका छन् ।

    ५० दिनमा ११२ अर्ब उठाउँदै सरकार

    बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह बन्द गरेका छन् । सोही कारण यतिबेला बैंकमा तरलता बढ्दै गएको छ । यस्तो अवस्थामा अबको करिब ५० दिनमा राष्ट्र बैंकले बजारबाट १ खर्ब १२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको छ ।

    राष्ट्र बैंकले जारी गरेको कार्यतालिका अनुसार यो अवधिमा ६९ अर्ब ५० करोडको ट्रेजरी बिल, ४० अर्बको विकास ऋणपत्र, २ अर्बको नागरिक बचतपत्र र ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री हुन लागेको हो ।

    राष्ट्र बैंकको वित्तीय एजेन्टको रुपमा राष्ट्र बैंकले उठाएको यो रकम सरकारी खातामा जान्छ । सरकारले गर्ने खर्चबाट यो रकम निजी क्षेत्रमार्फत् पुनः बैंकिङ च्यानलमा फर्किन्छ । सरकारी खर्च बढ्दा बैंकिङ क्षेत्रमा तरलता फर्किने भए पनि अहिलेको ऋणले बजारको अधिक तरलता समस्यालाई केही समाधान गर्ने राष्ट्र बैंकको अनुमान छ ।

  • १० जेष्ठ २०७८, सोमबार ११:२२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images