बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
  • CIA Khabar

  • काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

    आइबार प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १०० रूपैयाँले बढेको छ ।

    आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९३ हजार २०० रुपैयाँ रहेको छ ।

    चाँदीको मूल्य पनि आज बढेको छ । चाँदीको मूल्य आज प्रतितोला ५ रूपैयाँले बढेर १ हजार ३५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।

  • १० जेष्ठ २०७८, सोमबार ११:४२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images