ओली सरकारले पूरा गर्यो मधेश र महिलाका माग, नागरिकता समस्याको यसरी गरियो स्थायी समाधान
  • CIA Khabar

  • काठमाडौं । नेपालमा अव जन्मसिद्ध नागरिकका सन्तानलाई आमाबावु दुवै नेपाली नागरिक भए वंशजका आधारमा नागरिकता दिन मिल्ने ब्यवस्था भएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ अनुसार नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ आज जारी गर्नुभएपछि यस्तो ब्यवस्था भएको हो । गत बिहिबार बसेको मन्त्रिपरिषद बैठकले नागरिकता अध्इादेश ल्याउने निर्णय गरेको थियो । मन्त्रिपरिषद बैठकले जन्मसिद्ध नागरिकका सन्तानले बावुआमा दुवै नेपाली नागरिक रहेछन् भने वंशजका आधारमा नागरिकता पाउने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो । त्यस्तै बाबुको पहिचान नभएका सन्तानलाई आमाका नामबाट वंशजका आधारमा नागरिकता दिइने प्रावधान पनि अध्यादेशमा समेटिएको छ । यो अध्यादेशपछि सरकार र जनता समाजवादी पार्टी (जसपा) को सम्बन्ध थप नजिक भएको छ । साथै मधेसमा कायम रहेको बिभेद हटाउने काम भएको छ ।

    संविधानको धारा ११ को उपधारा (३) मा संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज बालिग भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने उल्लेख छ । यसअघि २०७५ साउन २२ मा सरकारले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न ल्याएको विधेयक प्रतिनिधिसभा सचिवालयमा दर्ता भएको थियो । तर संसदले काम अघि नबढाएको र हाल प्रतिनिधिसभा बिघटन भएपछि सरकारले अध्यादेश ल्याएको हो ।

  • १० जेष्ठ २०७८, सोमबार १२:२८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images