नवलपरासीमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन
  • सागर पौडेल

  • पश्चिम नवलपरासी । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीले असंवैधानिक कदम चालेको भन्दै नेपाल बिद्यार्थी सघ पश्चिम नवलपरासी ले आज प्रतापपुर गाउपालिका को गोपिगन्जमा प्रधानमन्त्री को पुत्ला जलाएको छ ।

    No description available.

    नेबि सघ जिन्दावाद ,पहिला खोप त्यसपछि भोट ,भ्रष्टाचारी सरकार मुर्दाबाद , ससद बिघठन असबैधानिक ठहर लगायतको नारा लगाउदै गोपिगन्जमा कोण सभा गरि सम्पन्न गरेको हो । सेमरीबाट निस्केको मोटरसाईकल र्यालि मा प्रतापपुर र सुस्ता गाउपालिका का नेपाल बिद्यार्थी सघका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

    No description available.

    कार्यक्रम मा नेपाल बिद्यार्थी सघ का जिल्ला उपाध्यक्ष अनोज यादव, बिद्यार्थी नेता राजकुमार कुशवाहा ,एजाज असारी लगायत आआफ्नो मन्तब्य दिनु भएको थियो कार्यक्रम मा सयौ जना बिद्यार्थी नेताहरुको सहभागिता रहेको थियो ।

    No description available.

    पछिल्लो पटक असंवैधानिक तरिकाले गरेको प्रतिनिधिसभा विघटनले मुलुकलाई थप जटिल अवस्थामा पुराएको भन्दै त्यसविरुद्ध हुने कानुनी र राजनीतिक लडाईको लागि आन्दोलन गरिएको बताईएको छ।

  • १० जेष्ठ २०७८, सोमबार २१:०८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images