काठमाडौँ । कोरोनाभाइरस महामारीविरुद्ध लड्न थाइल्यान्डले नेपाललाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
बिमस्टेकको सदस्य राष्ट्र थाइल्यान्डले नेपाललाई ४६ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको हो ।
थाइ सरकार, थाइ समुद्रपार धम्मादत्त भिक्षुज, लुम्बिनी थाइ गुम्बा र भेरापुचोङ फाउन्डेसनले राजधानी बैंककमा आयोजित समारोहमा सोमबार राजदूत गणेश ढकाललाई सामग्री प्रदान गरेको हो ।
ती सामग्रीलाई आगामी शुक्रबार श्री एयरलाइन्सको उडानबाट काठमाडौँ ल्याउने दूतावासले जनाएको छ ।