काठमाडौँ । नेकपा एमालेको भातृ संगठन प्रोगेसिभ इन्जिनियरिङ एशोसिएशन नेपाल (पिन)ले सरकारले घोषणा गरेको निर्वाचनको स्वागत गर्दै वर्तमान राजनीतिक खिचातानीले गर्दा उत्पन्न समस्याको समाधान नै ताजा जनादेश समय सान्दर्भिक भएको बताएको छ ।
आज पिनका अध्यक्ष ई. शम्भुबहादुर श्रेष्ठले जारी गर्नुभएको एक विज्ञप्तीमा आगामी कार्तिक २६ र मंसिर ३ गते हुन लागिरहेको निर्वाचनमा सवै इन्जिनियरहरुलाई सहभागी हुन अपिल समेत गरेको छ । मुलुकमा अस्थिरताको बाटोमा लैजान खोज्ने दल तथा व्यवस्थालाई नै समाप्त पर्ने कुचेष्ठा गर्ने राजनीतिक पार्टीहरुबाट मुलुकलाई जोगाउन निर्वाचन उत्तम विकल्प भएको पिनले बताएको छ ।
सत्ता स्वार्थ तथा देशी विदेशी शक्तिहरुको इशारामा देशलाई अस्थिरताको बाटोमा लैजान दिनुनहुने उल्लेख गर्दै पिनले जनताको अभिमतलाई स्वीकार गर्दै आगामी यात्राको तय गर्नुपर्नेमा जोड दिएको छ ।
विज्ञप्ती :