काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १६४ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।
मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल १ हजार ६९७ कोरोना संक्रमितको आईसीयूमा र ४६७ को भेन्टिलेटरमा गरी कुल २ हजार १६४ जना उपचाररत छन्। मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा २३४ जना आईसीयूमा र ४१ भेन्टिलेटरमा उपचाररत छन् ।
यसैगरी प्रदेश २ मा १९२ आईसीयूमा र ४७ जनाको भेन्टिलेटर उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ८५९ जना आईसीयूमा र ३०७ जना भेन्टिलेटरमा छन्।गण्डकी प्रदेशमा १५१ जना आईसीयूमा र ३० जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १६१ जना आईसीयूमा र २३ जना भेन्टिलेटरमा, कर्णालीमा ५९ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४१ जना आईसीयू र ११ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।