प्रतिनिधि सभा विघटनविरूद्ध प्रदर्शन गर्न तरूण दलको निर्देशन
  • CIA Khabar

  • काठमाडौ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले विपक्षी गठबन्धन सम्बद्ध पाँच वटा युवा संगठनसँग सहकार्य गर्न जिल्ला कार्यसमितिलाई परिपत्र गरेको छ ।

    अध्यक्ष जित जङ्ग बस्नेतले मंगलबार एक विज्ञप्ति जारी गर्दै चुनावको नाटक गर्ने प्रधानमन्त्री र त्यसलाई सघाउने राष्ट्रपतिको राष्ट्रघाती कदमका विरुद्धमा युवा संगठनसँग समन्वय गर्न सबै जिल्ला समितिलाई परिपत्र पठाएको अध्यक्ष बस्नेतले जनाकारी दिए ।

    योङ कम्युनिष्ट नेपाल वाइसेल, समाजवादी युवा संघ–नेपाल, युवा संघ नेपाल, अखिल नेपाल युवक संघ, विवेकशील साझा युवा संगठनसँग समन्वय गरी संयुक्त संघर्षको कार्यक्रम गर्न अध्यक्ष बस्नेतको निर्देशन छ ।

    संघर्षको कार्यक्रम गर्दा स्वास्थका मापदण्ड पालना गरि रास्ट्रपति बिध्यादेबी भण्डारी र प्रधानमन्त्री केपि शर्मा ओलिको मध्यरातको अध्यारोमा गरिएको कालो कदमको विरुद्धमा आन्दोलन गर्नुपर्ने बताएका छन ।

    बिज्ञप्ति यस्तो छ : 

    मिति : २०७८/०२/११

    श्री अध्यक्ष जी,

    नेपाल तरुण दल,

    सबै जिल्ला समितिहरु ।

    विषय : परिपत्र

    यही मिति २०७८ जेठ ७ गते मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री के.पी. ओलीद्वारा षड्यन्त्रपूर्वक तरिकाले गरिएको जनताको सर्वोच्च निकाय प्रतिनिधिसभाको विघटन असंवैधानिक, अलोकतान्त्रिक, निरङ्कुश, स्वयच्छाचारी र प्रतिगामी भएको नेपाल तरुण दल केन्द्रिय समितिको ठहर छ । उक्त कदम ईतिहासमै जनता र जनप्रतिनिधि जनप्रतिनिधिहरुको साझा थलो संसद माथी गरिएको सबैभन्दा ठूलो धोका र गद्दारीपुर्ण कार्य हो उक्त कदमको नेपाल दल घोर निन्दा र भर्त्सना गर्दछ । कोरोना महामारीले देश र जनता आक्रान्त भएको संकटपुर्ण यश अवस्थामा जनतालाई सहज उपचारको व्यवस्था मिलाउने कार्यलाइ बेवास्ता गर्दै मध्यावधि निर्वाचनको घोषणा गर्नु देश र जनताप्रतिको गैरजिम्मेवारीको पराकाष्ठा हो भने जनताको स्वास्थ्य माथिको गम्भीर खेलवाड अक्षम्य अपराध हो । नेपाल तरुण दलले नेपाली जनताको सात दशक लामो बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्न प्रधानमन्त्रीबाट गरिएको प्रतिगमनकारी कदमको विरुद्धमा नेपाल तरुण दल संग सहकार्य गर्ने अन्य राजनीतिक दलका युवा संगठनहरु योङ कम्युनिष्ट नेपाल (Y.C.L), समाजवादी युवा संघ–नेपाल, युवा संघ नेपाल, अखिल नेपाल युवक संघ, विवेकशिल साझा युवा संगठन संग समन्वय र छलफल अघि बढिसकेको कुरा यहाँहरुलाइ सर्बबिधितै छ । यसै सन्दर्भमा नेपाल तरुण दलको त्यस जिल्ला समितिसंग उल्लेखित सहकार्य गर्ने युवा संगठनहरु संग चुनावको नाटक गर्ने प्रधानमन्त्री र त्यसलाई सघाउने राष्ट्रपतिको राष्ट्रघाती कदमका विरुद्धमा समन्वय गरी संयुक्त संघर्षको कार्यक्रम (कोरोना भाईरस कोभिड-१९ लाई ध्यानमा राखी स्वास्थ्य मापदण्ड पालना गर्दै ) गर्न यो परिपत्र गरिएको छ ।

    जय नेपाल ।

    जित जङ्ग बस्नेत

    अध्यक्ष

    No description available.

  • ११ जेष्ठ २०७८, मंगलवार ०८:४५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images