विदेशमा थप ४१ जना नेपालीको मृत्यु
  • CIA Khabar

  • सांकेतिक तस्वीर

    काठमाडौँ । कारोना भाइरस (कोभिड १९) का कारण गत दुई सातमा विदेशमा थप ४१ जना नेपालीको मृत्यु भएको छ ।

    गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार भारतमा २९ जना, कतारमा ८ जना फ्रान्समा १ जना, माल्दिभ्समा १ जना, बेल्जियममा १ र पोर्तुगलमा १ जना नेपालीको कोरोनाका कारणले मृत्यु भएको हो ।

    संघले संकलन गरेको तथ्यांक अनुसार भारत सहित विश्वभर २८ मुलुकमा रहेका ४ सय २३ जना नेपालीको कोभिड १९ का कारणले मृत्यु भएको छ ।

    त्यस्तै हालसम्म विदेशमा ५४ देशमा १ लाख ७ हजार ८६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ भने ती मध्ये ९९ हजार २ सय ५७ जना नेपाली कोरोना मुक्त भएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।

  • ११ जेष्ठ २०७८, मंगलवार ०९:१२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images