आर्थिक स्तर उकास्न अपाङ्गता भएकालाई हस्तकला तालिम
  • CIA Khabar

  • आर्थिक स्तर उकास्न अपाङ्गता भएकालाई हस्तकला तालिम

    पाल्पा-
    अपाङ्गता भएका नागरिकको जिवनस्तर उकास्नका लागि रामपुर नगरपालिकाले अपाङ्गता भएकाहरुको लागि १५ दिने तालिम शुरु गरेको छ । आर्थिक अबस्था सुदृढ भएमात्र सहज जीवन चलाउन सकिन्छ भन्ने हेतुले रामपुर नगरपालिकाले तालिमको आयोजना गरेको हो ।

    तालिममा रामपुर नगरपालिका भित्रका विभिन्न वडाका अपाङ्गता र पुणर् अपाङ्गता भएका व्यक्तिका परिवारका सदस्य गरि २० जनाको सहभागिता रहेको छ । तालिममा उनीहरुलाई बाँसबाट बन्ने फ्रेम, फुलदानी, र्‍याक तथा टेवल बनाउन सिकाइनेछ ।

    रामपुर क्षेत्रमा प्रयाप्त बाँस पाइने र बासबाट बन्ने हस्तकलाका सामाग्री बनाएर आत्मर्भिर बन्न सकिने भएकाले तालिमको आयोजना गरेको रामपुर नगरपालिकाका महिला शाखा प्रमुख पुजा परियारले बताउनुभयो । आगामी माघ ६ गतेसम्म फरक क्षमता भएका व्यक्तिहरुलाई दिने तालिममा प्रशिक्षक कमल प्रसाद आचार्यले हस्तकला बनाउन सिकाउनुहुनेछ ।

    रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सहभागीलाई सीप सिक्न आग्रह गर्दै काम गर्न सक्नेलाई त्यही अनुसारको तालिम र पुणर् अपाङ्गता भएकाका परिवारका सदस्यलाई पनि नगरपालिकाले सिपमुलक तालिम दिदै आएको बताउनुभयो ।

    रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले तालिम तालिमका लागि मात्र नभई आयआर्जनको लागि निरन्तर सिपलाई सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले सिकेका सीपबाट बनेका बस्तु बिक्रीको लागि नगरपालिकाले सघाउने बताउदै उत्पादनमा जोड दिन आग्रह गर्नुभयो ।

    रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले यस्ता तालिम प्रभावकारी भए लक्षित वर्ग अनुसारको अन्य कार्यक्रम ल्याउन पनि मद्धत पुग्ने बताउनुभयो । कार्यक्रममा नगर स्तरिय अपाङ्गता संरक्षण समितिका संयोजक युवराज रेग्मीले अपाङ्गताको हितको लागि स्थानीय सरकार निरन्तर लाग्नपर्ने बताउनुभयो । तालिमका प्रशिक्षक कमल प्रसाद आचार्यले धेरै स्थानमा तालिम दिएको अनुभव सुनाउदै गर्छु भनेर अठोट लिएर अगाडी बढ्न सहभागीलाई आग्रह गर्दै नयाँ र राम्रो डिजाइन निकालेर आकर्षक सामग्री बनाउन सकिने हुँदा तालिममा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

    नगरपालिकाका उपप्रमुख विष्णु देवि घिमिरे आचार्यको अध्यक्षतामा कृषि सेवा केन्द्रको सभाहलमा भएको तालिम उद्घाटन कार्यक्रमको सञ्चालन महिला शाखाका प्रमुख पुजा परियारले गर्नु भएको हो ।

  • २२ पुष २०७८, बिहीबार २२:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित

    images