एमाले कञ्चनपुरको अध्यक्षमा मेयर सुरेन्द्र विष्ट प्यानल विजयी
  • CIA Khabar

  • कञ्चनपुर ।नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा भिमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट विजयी भएका छन् । प्रतिस्पर्धी बीरबहादुर थापालाई हराउँदै मेयर विष्ट विजयी भएका हुन् । थापाले १ सय ८३ मत पाए भने विष्टले २ सय ८१ मत पाएका छन् । यसैगरी, उपाध्यक्ष लक्ष्मी बुढा २ सय ५४ मत ल्याउँदै निर्वाचित भएकी छन् भने उनका प्रतिस्पर्धी महेश पन्तले २ सय ५ मत पाएका छन् । यसैगरी सचिवमा पल्बराज भट्ट विजयी भएका छन् । उहाँका प्रतिस्पर्धी अशोककुमार चन्दले २ सय २६ मत पाउँदा भट्ट २ सय ३३ मत ल्याउँदै विजयी भए हुन्। । उपसचिवमा फैरु तमाङ र कर्णबहादुर चन्द निर्वाचित भएका छन् । चन्दले ३ सय ४७ मत पाउँदा तमाङले २ सय ९६ मत पाए ।

  • २८ पुष २०७८, बुधबार २१:१९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images