नेपाली विद्यार्थीले अस्ट्रेलियामा हप्तामा २० घन्टाभन्दा बढी काम गर्न पाउने
  • CIA Khabar

  • काठमाडौँ – नेपाली विद्यार्थीले अब अस्ट्रेलियामा हप्तामा २० घन्टाभन्दा बढी काम गर्न पाउने छन् । अस्ट्रेलियाको सरकारले नेपाली विद्यार्थीका लागि आगामी दिनमा हप्तामा २० घन्टाभन्दा बढी काम गर्न पाउने व्यस्था गरेको हो ।

    पुस ३० गते गृहमन्त्री बालकृष्ण खाणले नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कसँगको शिष्टाचार भेटमा उक्त व्यवस्थका लागि अग्रह गरेका थिए । गृहमन्त्री खाणले आग्रह गरेको एक हप्तामै बुधबार अस्ट्रेलियाका प्रधानमन्त्रीको वक्तव्यमा पढाइका अलवा नेपाली विद्यार्थीले हप्तामा २० घण्टाभन्दा बढी काम गर्न पाउने कुरा समावेश भएको छ ।

    आगामी ८ हप्तासम्म अस्ट्रेलियाका लागि उडान भर्ने नेपाली विद्यार्थीहरुले भीसा आवेदन दिँदा लाग्ने शुल्क पनि फिर्ता पाउने छन्। राजदूत भोल्कमार्फत गरिएको आग्रह एकहप्तामै कार्यान्वयनमा आएकोमा गृहमन्त्री खाणले अस्ट्रेलियन सरकारलाई धन्यवाद दिएका छन्

  • ५ माघ २०७८, बुधबार २१:५२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images