दोलखा कांग्रेस अब गाउँगाउँमा भेटिन्छ : प्रदेश सभापति तामाङ
  • CIA Khabar

  • नेपाली कांग्रेस दोलखा प्रदेश सभा ‘क’ का सभापति शुक्र तामाङले संगठन निर्माणका लागि गाउँ जाने अभियान थालेका छन् । स्थानीय प्रदेश र संघीय निर्वाचनको मिति घोषणाका लागि सरकारले तयारी गरिरहका बेला प्रदेश समितिले स्थानीय स्तरमा टोल समिति विस्तार थाल्ने तयारी थालेको सभापति शुक्रले बताए ।

    पहिलो चरणमा प्रदेशका सम्पूर्ण गाउँ, नगर र वडास्तरका पदाधिकारीसंग छलफल गर्ने उनले जानकारी दिए । कांग्रेसको विधान बमोजिम टोलटोलमा टोल समिति गठन गर्ने अभियान संञ्चालनको तयारीमा रहेको शुक्रको भनाई छ । उनले भने–‘टोल समिति गठन गर्ने बारेमा जिल्ला नेतृत्वसँग छलफल भइरहेको छ । जिल्ला नेतृत्वसँग छलफल सकेर गाउँ नगर र पदाधिकारीसँग छलफल गर्नेछौं । त्यस लगत्तै प्रदेश समितिको बैठक राखेर टोल समिति गठन गर्ने कार्यतालिका तय गछौं ।’

    उनले यो पटक तीनै तहको निर्वाचनमा कांग्रेसले नयाँ इतिहास रच्ने बताए । कांग्रेसलाई स्थानीय तह, प्रदेश र आमनिर्वाचनमा बहुमत दिलाउनका लागि जनतासँग जोडिने गरी विभिन्न कार्यक्रम दिन लागेको पनि सभापति शुक्रको भनाई छ । दोलखा कांग्रेसले १४ औं महाधिवेशनबाट तीन जना केन्द्रीय सदस्य समेत पाएका छन् । भीमबहादुर तामाङ पछि तीन जना केन्द्रीय सदस्य दोलखाले पाएको बताउँदै शुक्रले भने, ‘दोलखाका ३–३ जनालाई केन्द्रीय सदस्यमा जीताएर देशभरका कांग्रेस महाधिवेशन प्रतिनिधिहरुले हामीलाई उत्साहित बनाउनुभएको छ । जिल्लामा पनि हामीले नयाँ नेतृत्व ल्याएका छौ । लोकतान्त्रिक पद्दतीबाट नयाँ नेतृत्व ल्यायौ । अब दोलखाली कांग्रेसहरुको उत्साहमा कमी आउन नदिई पार्टी संगठनमा लाग्छौ । जसले गर्दा कांग्रेसले दोलखामा नयाँ इतिहाँस बनाउछ ।’

    २०४६ सालदेखि नेपाली कांग्रेसमा सक्रिय शुक्रले २०४८ सालको स्थानीय र आम निर्वाचन, ५१ सालको मध्यावधि निर्वाचन, ०५४ सालको स्थानीय निर्वाचन २०५६ सालको आम निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा महोल बनाउन शुक्रले ठूलो भूमिका निर्वाह गरेका थिए । ०५४ सालमा नेपाली कांग्रेसले जिल्लाभर पराजीत हुँदा तत्कालिन गैरामुदी गाविसमा शुक्रले कांग्रेसलाई जिताएका थिए । शुक्रपनि गैरीमुदी गाविसका बासिन्दा हुन् ।

    २०५८ सालमा नेपाल तरुण दलको सदस्य भएकाले तत्कालिन माओवादीले अपहरण गरेका थिए । उनलाई कठोर यातना दिएर चार महिना अपहरण गरेका थिए । सो बेलामा माओवादीको नजरबन्दबाट भागेर ज्यान जोगाएका थिए । माओवादीले अपहरण गरेर गाँउमा बस्न नदिएपछि शुक्र राजनीति पसेका थिए । त्यो भन्दा पनि पनि शुक्रलाई विपक्षीहरुले विभिन्न मुद्दामा फसाएर झण्डै एकदशक जेल परेका थिए ।

    जेल मुक्त भएर फर्केपछि २०७४ सालको स्थानीय तहको निर्वाचनमा समेत आफ्नो बैतेश्वर गाँउपालिकामा कांग्रेसलाई जिताएका थिए । उनले २०७४ सालको आम निर्वाचनमा समेत पार्टीको पक्षमा योगदान गरेका थिए । जिल्लाभर कांग्रेस पराजित हुँदै गर्दा सदैव आफ्नो गाँउपालिकामा कांग्रेसको जीत निकाल्न सफल शुक्रको पक्षमा दोलखाका आम कांग्रेस कार्यकर्ता रहेका छन् । जसका कारणले उनी दोलखाको प्रदेश ‘क’ को सभापतिमा निर्विरोध निर्वाचित भएका थिए ।

  • ६ माघ २०७८, बिहीबार १५:४७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images