सरकारले आयोगसँग छलफल गरी निर्वाचनको मिति तोक्नुपर्छ: शेखर कोइराला
  • CIA Khabar

  • विराटनगर– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले निर्वाचन आयोगसँग छलफल गरेर स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन् ।

    निर्वाचन आयोगको तयारीबारे छलफल गरी सरकारले निर्वाचनको मिति तय गर्नुपर्ने नेता कोइरालाको सुझाव छ ।

    सरकारले निर्वाचनबारे सत्ता गठबन्धनसँग नभइ निर्वाचन आयोगसँग छलफल गर्नुपर्ने उनले सुझाए ।

    विराटनगरस्थित कोइराला निवासमा आज सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले सरकारले आवश्यकता अनुसार सही तरिकाले काम गर्नुपर्ने पनि बताए ।

    उनले भने, ‘ऐन-कानून परिवर्तन गरेर निर्वाचन सार्न नहुन्न । गठबन्धन दलसँग भन्दा पनि सरकारले निर्वाचन आयोगसँग छलफल गरेर निर्वाचनको मिति तोक्दा राम्रो हुन्छ ।

  • १६ माघ २०७८, आईतवार १५:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images