महासचिव पवन आचार्यले दाङ पठाए एक लाख १० हजार ट्याब्लेट पारा सिटामोल
  • CIA Khabar

  • काठमाडौं । नेपालमा सिटामोल अभाव भैरहेकाबेला नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले एक लाख १० हजार ट्याब्लेट पारा सिटामोल दाङ पठाएका छन् ।

    नेपाली कांग्रेसका नेतासमेत रहेका आचार्यले दाङ कांग्रेसले थालेको कोरोना सचेतना अभियानमार्फत वितरण गर्ने गरी उक्त परिमाणको पारा सिटामोल पठाएका हुन्। उनकाअनुसार मंगलबार पठाइएको पारा सिटामोल कांग्रेसको सचेतना अभियानकै क्रममा गाउँ तहमा वितरण हुनेछ । पछिल्लो समय पारा सिटामोलको अभाव देखिएको छ।

    सिटामोल अभावमा कसैले पनि सकस बेहोर्नु नपरोस भन्ने उदेश्यले आफूले पारा सिटामोल उपलब्ध गराएको आचार्यले बताए। ‘सिटामोलको अभावमा ग्रामिण तहका कैयन नागरिकहरुले समस्या झेल्नु परेको छ,’ उनले भने ‘यो समस्याबाट ग्रामिण भेकका नागरिकहरुले मुक्ती पाउने भनेर निशुल्क रुपमा वितरण हुने गरी पारा सिटामोल उपलब्ध गराएको हुँ, दाङ कांग्रेसले सचेतना अभियानका क्रममा सिटामोल वितरण गर्नेछ ।’

    मंगलबार दाङ पठाइएको एक लाख १० हजार ट्याब्लेट सिटामोल पवनका बाबु युवराज आचार्यले बुधबार दाङ कांग्रेसका सभापति शंकर प्रसाद डाँगीलाई हस्तान्तरण गर्नेछन्। कांग्रेस राजनीतिसँगै समाजसेवामासमेत समर्पित पवनले नागरिकको सुरक्षासँग सम्बन्धीत अन्य अभियान पनि थाल्ने बताएका छन्। ‘कांग्रेसको राजनीतिसँगै समाजसेवामा पनि निरन्तर रहीरहने छु,’ उनले भने ‘त्यसो त, राजनीति पनि समाजसेवा नै हो, सामाजिक सेवामा लाग्नु मेरो राजनीतिक धर्म पनि हो ।’

  • १९ माघ २०७८, बुधबार १५:३४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images