के. एफ. नेपालद्दारा केलादीधाम मन्दिरलाई पुस्तक प्रदान
  • CIA Khabar

  • पाल्पा-  कालीगण्डकी फाउण्डेशन नेपाल पाल्पाले राधादामोदर मन्दिर नेपाल निम्बार्क पिठ केलादीधाम स्याङ्जालाई पुस्तक प्रदान गरेको छ ।

    पाल्पाकोे रामपुरमा विद्यामन्दिर सार्वजनिक पुस्तकालय समेत सञ्चालन गर्दै आएको कालीगण्डकी फाउण्डेशन नेपालले राधादामोदर मन्दिर केलादीधामलाई बिभिन्न धार्मिक पुस्तक हस्तान्तरण गरेको हो । नेपाल निम्बार्क पिठको कार्यालय बैष्णब धर्मालम्बीको केन्द्रिय कार्यालय रहेको केलादीधाम धार्मिक तथा ऐतिहासिक महत्व बोकेको बिद्यापिठ हो । २००६ सालमा व्यवस्थित गर्दै २०१३ सालमा पुर्ननिर्माण हुदै आएको राधादामोदर मन्दिरमा प्राचीन समयदेखि पुजाआजा गरिदै आएको स्थानीको भनाई छ ।

    कालीगण्डकी नदी किनारको तटमा अबस्थित तिर्थस्थलको रुपमा बिकसित केलादीधाम शैक्षिक महत्व बोकेको धाम हो । यहाँ विगतमा नेपालका विभिन्न स्थान सहित भारतबाट समेत शिक्षा लिन आउने गरेको बुढापाकाको भनाई छ । प्राचीन शैलीमा रहेको चारतले सत्तल २०७२ सालको महाभुकम्पले क्षति पुर्‍याएपछि हाल पुर्वाधार विकास तथा पर्यटन एंव महिला तथा बालबालिका मन्त्रालयबाट गरि चरण चरणमा प्राप्त अनुदानबाट पुरानै शैलीमा मन्दिर पुर्ननिर्माण र अन्य संरचना निर्माण गरिएको छ ।

    शालिग्राम पाइने कालीगण्डकी नदी तटमा अबस्थित केलादीधाम धार्मिक, ऐतिहासिक र पौराणिक दृष्टिले महत्व बोकेको धार्मिक स्थलमा फाउण्डेशनले श्रीस्वस्थानी कथा, श्रीमद भागवत् महापुराण, गीता, बेद, उपवेद, पुराण, उपपुराण, रामायण महाभारत तथा उपनिषद् लगायतका पुस्तक हस्तान्तरण गरेको हो ।

    पुस्तक ग्रहण गर्दै निम्वार्क पिठ केलादीधामका अध्यक्ष लेखनाथ बस्ताकोटीले पुस्तक प्राप्तिले केलादीधाममा पुस्तकालयको विकास भएको बताउनुभयो । मन्दिर सञ्चालन समितिका सचिव घनश्याम खनालले धार्मिक पुस्तकले सनातन धर्म र धार्मिक महत्वलाई थप उजागर गर्दै धर्मगुरु र शिष्यका लागि थप सिकाईको थलो रहेको बताउदै फाउण्डेशनलाई धन्यवाद दिनुभयो । उहाँले नियमित पुस्तकको अध्ययन बढ्ने र यसको सही सदुपयोगमा जोड दिदै धाममा नै आएर अध्ययन गर्ने गरि प्रबन्ध मिलाउने बताउनुभयो ।

    कालीगण्डकी फाउण्डेशन नेपालका सल्लाहाकार सन्दिप रानाले धार्मिक स्थल, धार्मिक सहिष्णुताले मानव जिवनलाई अनुशासित र शिक्षित बनाउने बताउदै धार्मिक अनुष्ठानले मानिसलाई दत्तचित्त बनाउने बताउनुभयो । धर्ममा भएका नराम्रा कुरालाई हटाउदै राम्रा कुरा अबलम्बन गर्दै समृद्ध समाजको लागि बिचारलाई परिस्कृत गर्न पठन र खोजी अनिवार्य रहेकोमा उहाँले जोड दिनुभयो ।

    चापाकोट नगरपालिका वडा नम्बर ६ का अध्यक्ष एकदेव भट्टराईले संस्थाले दिएको पुस्तक उपयोग र प्रयोग बारे बोल्दै संस्थाप्रति आभार व्यक्त गर्नुभयो ।

    संस्थाका अध्यक्ष निलकण्ठ भण्डारीले कालीगण्डकी फाउण्डेशन नेपालले पुस्तक हस्तान्तरणको योजना र काम बारे प्रकाश पार्नुभएको थियो । उहाँले कोभिडले केही समय ढिलो भएपनि पुस्तक हस्तान्तरणले निम्वार्क पिठ केलादीधाममा पुस्तक र पठन सिलसिला पुनः बढ्दै जाने बताउनुभयो । फाउण्डेशनका सचिब सीता डोटेलले पुस्तक हस्तान्तरण कार्यक्रम सञ्चालन गर्दै सामाजिक कार्यमा सस्था सदा अग्रसर रहने र संस्थाले सार्वजनिक पुस्तकालय संचालन, एम्बुलेन्स सेवा सञ्चालन, कोभिड संक्रमण समय जिल्लाका अस्पताल र स्थानीय तह, विद्यालयलाई स्वास्थ्य सामाग्री प्रदान, केही विद्यालयमा फिल्टर र ह्याण्ड सेनिटाइजर स्ट्यान्डर्ड सहितका बिभिन्न संघसंस्था सँग समन्वय गरि सचेतनाका काम गरेको जानकारी दिनुभयो ।

  • १९ माघ २०७८, बुधबार २०:१३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images