पाल्पामा मोटरसाइकल दुर्घटना, एकको मृत्यु एक घाइते
  • CIA Khabar

  • पाल्पामा मोटरसाइकल दुर्घटना, एकको मृत्यु एक घाइते

    पाल्पा- पाल्पाको रामपुरमा बुधबार साझ मोटरसाइकल दुर्घटना हुँदा एक युवाको ज्यान गएको छ । अर्का एक घाइते भएका छन् । रामपुर नगरपालिका ४ बाङेपसलदेखि  सदावर्त सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा रामपुर ४ भिमसेन टोलका ४२ वर्षीय प्रेम बहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
    मोटरसाइकलमा सवार अर्का जीवन श्रेष्ठ घाइते छन् । दुर्घटना पश्चात् दुबैजनालाई उपचारका लागि रामपुर अस्पतालमा लगिएकोमा अस्पतालले सार्कीलाई मृत घोषणा गरेको हो । घाइते मोटरसाईकल चालक जिवनको टाउको, हात र खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    गम्भीर घाइते जिवनलाई थप उपचारका लागि लुम्बिनि मेडीकल कलेज प्रभासमा लगिएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
    बाग्मती प्रदेशको  ३०२-००८ प २९८५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई सडक कुनामा रहेको नालीमा पल्टिएको प्रहरीले जनाएको छ।

  • ४ फाल्गुन २०७८, बुधबार २३:३६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images