हरेक परिवर्तनका लागि काग्रेंसको नेतृत्व– जिल्ला सचिव थापा
  • CIA Khabar

  • पाल्पा ।

    इतिहासका हरेक क्रान्ति र जनताको अधिकार स्थापित गर्न नेपाली काग्रेंस अग्रस्थानमा रहेर नेतृत्व गरेको नेपाली काग्रेंस पाल्पाका सचिब तथा नेपाली काग्रेंसका महासमिति सदस्य सन्तोष थापाले बताउनुभएको छ ।
    नेपाली काग्रेंस पाल्पाले ७२ औं प्रजातन्त्र दिवसको अबसर पारी शुरु गरेको ‘‘घर–घर जाऔं, काग्रेंस जिताऔं’’ अभियान अन्तर्गत पाल्पाको रामपुर नगरपालिका वडा नम्बर ५ वडा कार्यसमितिले गरेको प्रजातन्त्र दिवस तथा सम्मान कार्यक्रममा बोल्दै काङ्ग्रेस जिल्ला कार्यसमिति सचिव थापाले काङ्ग्रेसको गर्विलो इतिहासले आज पनि हरेक खण्डमा नेपाली कागं्रेसको खाचो औल्याएको बताउनुभयो । नेपालमा जकडिएको राणाशासन फाल्न क्रान्तिको शुरुवात काग्रेंसले ग¥यो उहाँले भन्नुभयो–३० बर्षे पञ्चायती व्यवस्था ढाल्न काग्रेंसले नेतृत्व गरेको हो । राजाको निरकुंश शासनलाई हुत्याउन काग्रेंसले भुमिका खेलेको इतिहास समेटिएको बताउदै थापाले शान्ति सम्झौताबाट देशलाई निकास दिन काग्रेंसले खेलेको नेतृत्व विश्वसामु उच्च रहेको स्मरण गर्नुभयो । देशमा सम्झने काम, विकास र समन्वय काग्रेंसले गरेको बताउदै थापाले देशकै पुरानो र जुझारु पार्टी १४ औं महाधिवेसन पछि झन् गाउँ गाउँ टोल–टोलमा पुगेर नागरिकको सुखदुःखमा साथ दिएको बताउनुभयो । काग्रेंसले अब जिल्लाभर पार्टी संगठित गराउदै आगमी निर्वाचनलाई जोड दिने उहाँको भनाई थियो ।


    नेपाली काग्रेंस प्रदेश अधिवेशन प्रतिनिधि रुद्र प्रसाद अधिकारीले अबको स्थानीय निर्वाचनमा जित्नुपर्ने आबश्यकतालाई ध्यान दिएर पार्टी अघि बढेको बताउनुभयो ।
    वडा कार्यसमिति सभापति दुर्गा प्रसाद पोखरेलले प्रजातन्त्र दिवसको अबसरमा प्रजातन्त्रको जग बसाल्ने नेपाली कागें्रसमा योगदान दिने वडाका १ सय ३३ जनालाई सम्मान गरिएको बताउनुभयो । वडा कार्यसमिति सभापति पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपसभापति भोज बहादुर थापाले, धन्यवाद उपसभापति मित्रलाल गैरेले व्यक्त गर्नुभएको थियो भने वडा कार्यसमिति सचिव गोबिन्द प्रसाद भट्टराईको सञ्चालनमा कार्यक्रम भएको हो ।

    नेपाली काग्रेंसले प्रजातन्त्र दिवसको अबसरमा जिल्लाका सबै ८१ वटा वडामा एकैपटक अभियानको शुरुवात गरेको हो । काग्रेंसका प्रतिनिधि प्रत्येक वडा–वडामा पुगेर प्रजातन्त्र दिवस मनाएको छ भने जेष्ठ क्रियाशिल सदस्य, पुर्व जनप्रतिनिधि तथा उमेद्वार, पुर्व सभापति, प्रतिबन्धित अबस्थामा काम गरेकाहरुलाई सम्मान गरेको छ ।
    नेपाली कागं्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले नेपाली काग्रेंसको जग नै प्रजातन्त्र भएकाले प्रजातन्त्रको अनुभूति दिलाउन दिवस पारेर जिल्लाभर अभियान चलाएको बताउनुभयो । तानसेन नगरपालिका वडा नम्वर १ को पार्टी कार्यालयको शुभारम्भ गर्दै सभापति श्रेष्ठले यो अभियानको शुरुवातले जिल्लाका नेता कार्यकर्तामा नयाँ आयाम थपेको बताउनुभयो । उहाँले पार्टीलाई कुनै न कुनै तवरबाट योगदान दिने २ हजार बढीलाई एकै दिन वडामा भएको कार्यक्रमबाट सम्मान गरिएको बताउनुभयो ।

     

  • ७ फाल्गुन २०७८, शनिबार २२:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images