काठमाडौँ-नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाललले एमसीसीलाई लिएर एमाले मुकदर्शक भएर बसेको आरोप लगाएका छन् ।
सुरूमा ओलीले नै एमसीसी सम्झौता संसदमा दर्ता गरेको भए पनि पारित हुने बेला समर्थन र विरोध नगरे तमासा देखाएको बताए। एमसीसी अगाडि बढाउन जसले सबै तमासा गर्यो, ऊ मुकदर्शक भएर बस्यो ।
आफ्नो पार्टीबारे अदालतमा समेत विषय गएको भन्दै संसदमा त्यसलाई उठान नपाउने दाबी गरे ।
सभामुख सापकोटाविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने बताइएका बेला उनले आफ्नो पार्टी संसदको गरिमा जोगाउने सभामुख सापकोटाको पक्षमा उभिने बताए ।