जाह्नवी जन्मदिन मनाउँदै, आमा श्रीदेवी यस्तो चाहन्थिइन्
  • CIA Khabar

  • काठमाडौँ – बलिउड अभिनेत्री जाह्नवी कपूर भोलि (मार्च ६) मा आफ्नो जन्मदिन मनाउँदैछिन् । फिल्म ‘धडक’बाट बलिउडमा पाइला चालेकी जाह्नवीले त्यसपछि कैयौं फिल्ममा अभिनय गरिन् ।

    सामाजिक सञ्जालमा जाह्नवीको राम्रो फ्यान फलोइङ छ । उनको सरलपन र बोल्डनेस दुवैले उनका फ्यान प्रभावित छन्। जाह्नवी बलिउडमा आमा जस्तै सुपरस्टार बन्न चाहन्थिइन् । तर, श्रीदेवी छोरीलाई अभिनयमा भन्दा पनि डाक्टर बनेको हेर्न चाहन्थिइन् ।

    जाह्नवीका पिता बोनी कपूरले कहिल्यै पनि छोरीका सपनालाई रोक्ने काम गरेनन् तर, आमा श्रीदेवी भने छोरीले फिल्मलाई भन्दा पनि पढाईलाई ध्यान दिउन् भन्ने चाहन्थिइन् । श्रीदेवीको चाहना छोरीलाई एउटा असल डाक्टर बनेको हेर्ने थियो ।

    तर, जाह्नवी भने आमा श्रीदेवीको जस्तै कैयौं सुपरहिट फिल्म दिएर बलिउडको सुपरस्टार बन्ने सपना थियो । यो उनको बाल्यकालदेखि कै सपना र चाहना थियो । जाह्नवीले ‘धडक’बाट अभिनयमा पाइला चाले पनि त्यो अभिनय उनकी आमाले हेर्न पाइनन् । किनकी फिल्म रिलिजअघि नै श्रीदेवीको निधन भएको थियो ।

  • २१ फाल्गुन २०७८, शनिबार १०:३३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images