संसद अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद् बैठकको सिफारिस
  • CIA Khabar

  • काठमाडौँ- सरकारले संघीय संसद् चालु १० औँ अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

    मंगलबार बसेको बैठकले मंगलबार मध्य राति १२ बजेदेखि संसदकाे चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार सूचना प्रविधिमन्त्रि ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    सरकारकाे सिफारिसमा राष्ट्रपतिले संसदकाे अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । हालै संसद् बैठकले अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमाेदन गरेको थियो ।

  • १ चैत्र २०७८, मंगलवार २०:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images