एमसीसीबारेको भ्रम चिर्न भन्दै काँग्रेसले निकाल्याे पुस्तक
  • CIA Khabar

  • काठमाडौँ– सत्ताको नेतृत्व गरिरहेको दल नेपाली काँग्रेसले एमसीसी सम्झौताबारे प्रष्ट पार्न पुस्तिका प्रकाशन गरेको छ ।

    नेपाली काँग्रेस केन्द्रीय कार्यालयले एमसीसी अनुदान सहायता सम्झौता भ्रम र यथार्थ शीर्षकको पुस्तक नै प्रकाशन गरेर यसबारेको भ्रम चिर्न लागेको हो ।

    अमेरिकी अनुदान सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित भएसँगै काँग्रेसले यसबारेको भ्रम चिर्न पुस्तक प्रकाशन गरेर कार्यकर्तालाई दिन लागेको हो ।

    एमसीसीविरुद्ध नागरिकहरूमा नकारात्मक धारणाको विकास गरिएको भन्दै त्यस्तो भ्रम चिर्नु पर्ने काँग्रेसले बताएको छ । एमसीसी विशुद्ध अनुदान सम्झौता भएको र यसले देशको विकासमा टेवा पुग्ने काँग्रेसले बताउँदै आएको छ ।

    काँग्रेसले आफ्नो दस्तावेजमा ३० वटा भ्रम र त्यसबारेको यथार्थ समेटेको छ । केन्द्रीय कार्यालयले दस्तावेज छपाई गरी ७७ वटै जिल्लामा खटिएका केन्द्रीय नेताहरूमार्फत् वडा–वडासम्म पुर्‍याउने र त्यसबारे फैलाइएका भ्रम चिर्ने बताएको छ ।

  • १ चैत्र २०७८, मंगलवार २०:३८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images