१४ करोडमा निर्मित तामनगर-फर्साटिकर जाेड्ने पुलको गृहमन्त्री खाँणले गरे उद्घाटन
  • CIA Khabar

  • बुटवल ।गृहमन्त्री बालकृष्ण खाणले बिकास निर्माणमा सबैको सहकार्य साझा प्रयास आवश्यक रहेको उल्लेख गर्दै बिकास निर्माणमा काममा अनावश्यक राजनिती नगर्न आग्रह गर्नु भएको छ ।

    सरकार जनतालाई बिकासको अनुभुती दिलाउन प्रयासरत रहेको चर्चा गर्दै गृहमन्त्री खाणले जनताको लामो समय अघि देखिको बिकासको चाहनालाई हरसम्भव पुरा गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ ।

    बुटवलस्थित तामनगर—फर्साटिकर सडक खण्ड अन्तर्गत दानव नदिमा नवनिर्मित पक्कि पुलको उद्घाटन गर्दै मन्त्री खाणले तिनैतहको निर्वाचन समयमै सम्पन्न गराउन र बिकासका कामलाई अघि बढाउन सरकारले प्रमुख दायित्वको रुपमा लिएर अघि बढिरहेको जानकारी गराउनु भयो ।

    एमसिसि परियोजना मुलुक र जनताको हितमा :
    हालै संसदबाट पारित भएको अमेरिकी सहयोग एमसिसि परियोजना मुलुक र जनताको हितमा रहेको चर्चा गर्दै मन्त्री खाणले एमसिसिको बिरुद्धमा अनावश्यक भ्रम र अफवाह नफैलाउन आग्रह गर्नुभयो ।

    मन्त्री खाणले आगामी निर्वाचन र निर्वाचन पछिसम्म पनि बर्तमान सत्ता गठबन्धन कायम राख्न नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताउदै मुलुकमा राजनैतिक आवश्यक्ता र बिशेष परिस्थितिमा बनेको बर्तमान सत्ता गठबन्धनलाई कायमै राखेर अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो । संबिधान र संसद बचाउन गरिएको प्रतिगमन बिरोधी आन्दोलनका सहयात्री र मुलुकमा राजनैतिक संकटका बेला काँग्रेसलाई साथ र सहयोग दिएका पार्टीहरुलाई छोडेर हिड्न नहुने तर्क उहाँको थियो ।

    कार्यक्रममा प्रदेश सरकारका मन्त्री डिल्लीबहादुर चौधरी र बुटवल उपमहानगरपालीका प्रमुख शिवराज सुबेदी लगायतका बक्ताहरुले बिकास निर्माणका काममा संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकारको सहकार्य आवश्यक रहेको चर्चा गर्नु भयो । सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले करिब १४ करोड रुपैयाँको लागतमा निर्माण भएको सो पक्कि पुल निर्धारित समयमै सम्पन्न भएको जानकारी गराउदै तिनाउ र दानव नदिमा निर्माणधिन अन्य पुलहरु पनि छिट्टै सम्पन्न हुने बिश्वास ब्यक्त गर्नु भयो ।

    यसअघि सुद्धोधन गापाको भुजौलीमा आयोजित स्वास्थ्य शिविर उद्घाटन गर्दै मन्त्री खाणले स्थानीय निर्वाचनको मिति नजिकिँदै गरेको स्मरण गराउदै निर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाँधलीरहित र स्वतन्त्र मतदान गर्ने वातावरण बनाउन सरकार प्रयत्नशिल रहेको बताउनु भयो ।

    बिगतको कम्यूनिष्टको सरकार जनताको भावना र चाहना अनुरुप चल्न नसकेकोले आफै ढलेको र मुलुकको जिम्मेबारी कम्यूनिष्टकै कारण काँग्रेसको काँधमा आएको भन्दै मुलुकको समृद्धि, दिगो शान्ति र राजनैतिक स्थायित्वका लागि कांग्रेसले आगामी निर्वाचनमा जित्नुपर्ने भनाई उहाँको थियो ।

  • ५ चैत्र २०७८, शनिबार २१:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images