उद्योगीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : गृहमन्त्री खाण
  • CIA Khabar

  • काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाणले स्वदेशी उद्योग र व्यवसायलाई प्रबर्द्धन गर्ने, संरक्षण गर्ने र आय आर्जनका लागि वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। वीरगञ्ज उद्योग वाणिज्य संघको टोलीसँग मंगलबार गृह मन्त्रालयमा भएको भेटमा खाणले उद्योग र व्यवसायको प्रबर्द्धन गर्न सकेमात्रै राज्यलाई राजश्व बढ्ने र बजेटमा बढोत्तरी गर्न मद्दत पुग्ने बताए ।

    गृहमन्त्री खाणले व्यवसायीहरूले भोग्नु परेका समस्या समाधानका लागि सरकार पर्यत्नशील रहेको बताए । ‘व्यवसायीले भोग्नु परिरहेका समस्या समाधान गर्न सरकार तयार छ । सहज व्यवसाय गर्ने वातावरण निर्माण गर्न हामी लागिरहेका छौँ । तपाईंहरूलाई दुःख दिने हाम्रो मनसाय छैन,’ गृहमन्त्री खाणले भने, ‘आफ्ना समस्या समाधान गर्न उद्योगी व्यवसायी पनि प्रतिबद्ध रहनुपर्छ ।’ उद्योगी व्यवसायीहरूले पनि राज्यले अवलम्बन गरेका नीति र कानुन अनुरुप उद्योग व्यवसाय सञ्चालन गरेर सरकारलाई सहयोग गर्नुपर्ने उनले बताए ।

     

    भेटमा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्ताले वीरगञ्जमा उद्योगी व्यवसायीले भोग्नु परेका समस्याबारे अवगत गराएका थिए । औषधिको मूल्य ७र८ वर्षदेखि पुनरावलोकन नभएको, भन्सार र बोर्डर चुस्तदुरुस्त नभएको, बोर्डरमा सुरक्षा व्यवस्था कडा नभएको, आन्तरिक ओसार–पसारमा सुरक्षाकर्मीले धेरै चासो दिएको उद्योगी व्यवसायीहरूले गुनासो गरेका थिए । जवाफमा गृहमन्त्री खाणले समस्या समाधानका लागि आफ्नो तर्फबाट पहल गर्ने बताए ।

  • ८ चैत्र २०७८, मंगलवार २१:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images