नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलमा विद्वान गुरुङ नियुक्त
  • CIA Khabar

  • काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल केन्द्रीय तदर्थ कार्यसमितिका अध्यक्षहरु नियुक्त गरेका छन् ।

    देउवाले नेविसंघ अध्यक्षमा काठमाडौंका दुजाङ शेर्पा र तरुण दलमा पर्वतका विद्वान गुरुङ नियुक्त गरेका कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्तिमार्फत जनाएका छन् ।

    तदर्थ कार्यसमितिले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३ (तीन)महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नु पर्ने प्रावधान छ ।

  • ९ चैत्र २०७८, बुधबार २०:०० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images