नेपालमा खोपप्रतिको विश्वास वृद्धि गर्न सघाउने खोप पुस्तिकाको विमोचन
  • CIA Khabar

  • काठमाडौं- सेभ द चिल्ड्रेनले बुसारा सेन्टर फर विहेभिअरल इकोनोमिक्स र कमन थ्रेडसँगको सहकार्यमा नेपाल खोप पुस्तिकाको विमोचन गरिएको छ। यस पुस्तिकाले नेपालमा खोप लिने दर कम हुनुका ६ प्रमुख कारण तथा खोप लिने दर वृद्धि गर्ने सान्दर्भिक र व्यवहारिक उपायहरू प्रस्तुत गरेको छ। युवा, अभिभावक तथा स्वास्थ्य कार्यकर्ताहरूमा खोपप्रतिको विश्वास बढाउँदै खोप लिने दर वृद्धि गर्ने यस पुस्तिकाको लक्ष रहेको छ।

    सेभ द चिल्ड्रेनकी राष्ट्रिय निर्देशक हेदर क्याम्पबेल भन्नुहुन्छ, “यस खोप पुस्तिकामा उल्लेख भएका व्यवहार परिवर्तनका कार्यहरू आवश्यकतामा आधारित, प्रमाणमा निहित तथा सामाजिक मान्यताका सिद्धान्तद्वारा निर्देशित छन् जसको माध्यमबाट नेपालमा खोपप्रतिको विश्वास बढाउँदै खोप लिने दर वृद्धि गर्नु हाम्रो उद्देश्य हो।”

    यस पुस्तिकामा समावेश गरिएका अन्तर्दृष्टिहरू मधेष प्रदेशमा (तत्कालिन प्रदेश नं. २) गरिएको सर्वेक्षणमा आधारित रहेका छन् भने यो पुस्तिका सामाजिक व्यवहार परिवर्तन सम्बन्धी काम गर्ने व्यक्ति, विकास संस्था, स्थानीय सरकारका कर्मचारी, स्वास्थ्य कार्यकर्ता तथा मिडियाका लागि सहयोगी छ।

    यो पुस्तिकालाई  नेपालमा कोभिड–१९ को खोप कार्यक्रम सञ्चालनमा कार्यरत सबै सरोकार वालाले प्रयोग गर्न सक्नेछन्। यसमा  उल्लेख गरिएका ६ वटा प्रमुख व्यवहारमूलक अवरोधहरूको सम्बोधन गर्नु नेपालमा सबैका लागि पूर्ण खोप लगाउने मार्गमा एउटा महत्वपूर्ण कदम हुनेछ। खोपको असर वा साइड इफेक्टबारे चिन्तित तथा खोपको सुरक्षा तथा प्रभाव क्षमताको बारेमा प्रष्ट नभएका व्यक्ति अथवा खोप लगाउनु अघि साथी, छिमेकी वा परिवारका सदस्यहरूको सल्लाह चाहने व्यक्तिहरूलाई खोप लगाउन प्रेरित गर्न यस पुस्तिकामा उल्लेखित चुनौती तथा समाधानका उपायहरूले सहयोग गर्नेछन्।

    यस पुस्तिकामा रहेका उपायहरू खोपको माग बढाउने, खोप लगाउने मनसायलाई पूर्णता दिन र खोपहरू एवम् तिनीहरूको सुरक्षा तथा प्रभाव क्षमतामा विश्वास स्थापना गर्ने  कुराहरूमा केन्द्रित छन्,” सेन्टर फर युटिलाइजिङ विहेभिअर ल इन्साइट्स फर चिल्ड्रेन (CUBIC) की निर्देशक एलिसन जेल्कोवित्जले भन्नुभयो।  दुबै नेपाली तथा अंग्रेजी भाषामा उपलब्ध रहेको यो खोप पुस्तिका सेभ द चिल्ड्रेनको वेबसाइट (nepal.savethechildren.net)  बाट डाउनलोड गर्न सकिन्छ।

  • १० चैत्र २०७८, बिहीबार १२:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images