काँग्रेस एक्लै जित्ने ठाउँमा गठबन्धन हुँदैन, सभापतिले गठबन्धन लाद्न खोजेको गलत प्रचार भयो– प्रवक्ता महत
  • CIA Khabar

  • काठमाडौँ– नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले गठबन्धन बिना नै काँग्रेसले चुनाव जित्ने ठाउँमा गठबन्धन नहुने केन्द्रीय सदस्यहरूले मत रहेको बताएका छन्।

    आज बसेको केन्द्रीय समिति बैठकबारे पत्रकारहरूलाई जानकारी दिदैँ प्रवक्ता महतले गठबन्धन गर्दा पार्टीले जित्ने ठाउँमा मात्र गठबन्धन गर्नुपर्ने र काँग्रेसले चुनाव जित्ने ठाउँमा गठबन्धन गर्न नहुने केन्द्रीय सदस्यहरूको धारणा रहेको बताए।

    प्रवक्ता महतले सभापति शेरबहादुर देउवाले जबर्जस्ती निर्णय नलाद्ने र गठबन्धन गर्ने/नगर्ने बारेको निणर्य केन्द्रीय कमिटी बैठकले गर्ने बताए।

    उनले स्थानीय तहको आवश्यकतालाई वेवास्ता गरेर केन्द्रबाट कुनै निर्णय नलाद्ने बताए। उनले सभापतिले गठबन्धन लाद्न खोजेको भन्दै गलत प्रचार भइरहेको बताए।  बैठकमा केन्द्रीय सदस्यहरूले सम्बन्धित जिल्लाको तल्लो तहको संगठनको अवस्थाको बारेमा रिर्पोटिङ गरिरहेको बताए ।

  • ११ चैत्र २०७८, शुक्रबार १९:३२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images