प्रधानमन्त्री देउवा बनारस जाँदै, आजै स्वदेश फर्किने
  • CIA Khabar

  • काठमाडौँ – तीन दिने भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहान उत्तर प्रदेशको धार्मिकस्थल बनारस जाँदैछन् ।

    देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्ने कार्यक्रम तय भएको छ । त्यहाँ देउवाले काशी विश्वनाथको मन्दिर दर्शन गर्नेछन् ।

    भारत सरकारले विशेष विमानबाट देउवालाई बनारस लैजाने(ल्याउने व्यवस्था मिलाएको छ। गत शुक्रबार भारत गएका देउवा नेतृत्वको प्रतिनिधिमण्डल आज साँझ काठमाडौँ फर्कने कार्यक्रम छ ।

    शनिबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा नेपाल भारतबीच चार वटा सम्झौतापत्रमा हस्ताक्षर भएका थिए ।

  • २० चैत्र २०७८, आईतवार ०७:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images