राजनीतिक संकटमाझ पाकिस्तानी रुपैयाँ कमजोर बन्दै
  • CIA Khabar

  • काठमाडौं– राजनीतिक संकट गहिरिएसँगै पाकिस्तानी मुद्राको भाउ निरन्तर ओरालो लागिरहेको छ । चालु आर्थिक वर्ष २०२१–२२ मा मात्रै अमेरिकी डलरसँग पाकिस्तानी रुपैयाँको भाउमा २५ रुपैयाँले गिरावट आएको पाकिस्तानको जियो न्युजले जनाएको छ ।

    हाल एक अमेरिकी डलर बराबर १८४ पाकिस्तानी रुपैयाँमा कारोबार भइरहेको छ । ‘राजनीतिक अस्थीरताले पाकिस्तानको वित्तीय बजारमा समेत प्रभाव पारिरहेको छ ।’ आरिफ हबिब लिमिटेडका अनुसन्धान प्रमुख ताहिर अब्बासले जियो न्युजसँग भने ।

    उनका अनुसार शेयर बजार र सरकारी ऋणपत्रबाट डलरको सञ्चितीमा कमी आएसँगै आर्थिक संकट उत्पन्न भएको हो ।

    पछिल्लो एक वर्षयता पाकिस्तानी रुपैयाँको मूल्यमा निरन्तर गिरावट आइरहेको जनाइएको छ । त्यस्तै अन्तर्राष्ट्रिय बजारमा तेल र खाद्यान्नको मूल्य बढेसँगै पाकिस्तानको आर्थिक अवस्था अझ नकारात्मक दिशातिर जाने चिन्ता उत्पन्न भएको छ ।

  • २० चैत्र २०७८, आईतवार १९:४४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images