कृष्णनगरका मेयर शाहले फिर्ता गरे सरकारी गाडी चैत वैशाखको तलब भत्ता पनि नलिने घोषणा
  • CIA Khabar

  • कपिलवस्तु ।  कपिलवस्तु  कृष्णनगरका मेयर रजत प्रताप शाहले निर्वाचन आचारसंहिता लागु हुनु पूर्व नै आफूले चढ्दै आएको सरकारी गाडी फिर्ता गरेका छन्। उनले लु१ झ३९८ नम्बरको सतो प्लेटको स्कारपियो नगरपालिकालाई फिर्ता गरेका हुन्।

    स्थानीय तहको निर्वाचन घोषणा भई सेकेको अवस्थामा आफूले सरकारी सेवाका दुरुपयोग हुन नदिन प्रमुख प्रशाकीय अधिकृत रामचन्द्र ढकाललाई गाडी बुझाएको मेयर शाहले बताए। ‘निर्वाचन घोषणा भईसकेको छ, आचासंहीत पनि लागु हुने बेला भएको छ, त्यसैले सरकारी सेवाको दुरुपयोग हुन नदिन मैले गाडी फिर्ता गरेका हुँ’, उनले भने।

    यस्तै उनले २०७८ चैत र २०७९ वैशाख महिनाको तलब भत्ता लगायतका सुबिधा समेत नलिने संचारकर्मीसंग घोषणा गरेका छन्। ‘अब मैले तलब भत्ता लगायतका कुनै पनि सरकारी सेवासुबिधा लिन्न ’ उनले भने। स्थानीय निर्वाचन २०७४ मा स्वतन्त्र उम्मेदवार उनले चार हजरा बढी मत अन्नतरले मेयर निर्वाचित भएका थिए। केही महिना पहिले मात्र उनी कांग्रेसमा प्रवेश गरेका थिए।

    मेयरमा फेरी लड्न चाहेका उनले पार्टी टिकट दिए मेयरमा उम्मेदवार बन्ने बताए। गत आइतबार मेयर शाहले अफिस समयमा नगरपालिका पुगेर सेतो प्लेटको स्कारपियो गाडी फिर्ता गरेको नगर पालिकायोजना शाखा प्रमुख साकिर अहमद शाहले बताए।

    अन्य एउटा गाडी उपमेयर सबनम खातुनले चढ्ने पनि छिट्टै फिर्ता हुने शाहले जानकारी दिए। स्थानीय निर्वाचन २०७८ को आचारसंहिता लागेसंगै जनप्रतिनिधिहरुले लिने सेवासुबिधामा रोक लाग्ने भएकाले जिल्लामै पहिलो स्थानीय तहका जनप्रतिनिधिले गाडी फिर्ता गरेका हुन्।

  • २४ चैत्र २०७८, बिहीबार ११:३६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images