निर्वाचन आयोगको आचारसंहिताप्रति एमालेको ६ बुँदे असहमति
  • CIA Khabar

  • काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचन आयोगले तयार गरेको निर्वाचन आचारसंहिताप्रति असहमति राख्दै ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

    बिहीबार एमाले महासचिव शंकर पोखरेल नेतृत्वको प्रतिनिधि मण्डल आयोग पुगेर ६ बुँदे ज्ञापनपत्र बुझाउँदै आयोगले तयार पारेको निर्वाचन आचारसंहिताका कतिपय बुँदाहरु संविधानविपरीत भएको भन्दै सच्याउन आग्रह गरेको हो ।

    एमालेले आयोगले बुझाएको ध्यानाकर्षण पत्रमा स्थानीय पालिका सदस्यहरू, मन्त्री र प्रधानमन्त्रीले चुनावी प्रचार अभियानमा संलग्न हुन नपाइने प्रस्तावको विरोध गरेको छ । उसले मन्त्री, प्रधानमन्त्री पक्षपाती देखिन नहुने भए पनि चुनाव प्रचार नै रोक्नु गलत हुने दाबी गरेको छ ।

    आयोगले तयार गरेको आचारसंहिताप्रति एमालेसहित साना दलले प्रश्न उठाउदै आएका छन् । आयोगले चैत २२ मा आचारसंहिताबारे छलफल गर्न दलहरूलाई बोलाउँदा आचारसंहिताका केही बुँदामाथि प्रश्न उठाएर साना दलले होहल्ला गरेका थिए भने एमाले हस्ताक्षर नगरी फर्किको थियो ।

    फेरि उम्मेदवार हुन चाहने जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधानमा समेत एमालेको असहमति छ । त्यसैगरी एमालेले मतदान अधिकृतले मतपत्र सदर वा बदर गरेको निर्णयमा प्रश्न उठाउन नपाइने प्रस्तावको पनि विरोध गरेको छ ।

     

     

     

     

     

     

  • २४ चैत्र २०७८, बिहीबार २०:११ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images