तालिबानको शासनमा अफगान मिडियालाई टिक्नै समस्या
  • CIA Khabar

  • A Taliban fighter guards a street in Kabul, Afghanistan, December 16, 2021. REUTERS/Ali Khara - RC2KFR9ZOSXO

    काठमाडौं– अफगानिस्तानको सत्ता चलाइरहेको तालिबानले सञ्चारमाध्यम तथा पत्रकारहरूमाथिको आक्रमणलाई तीव्रता दिएको मानवअधिकारवादी संस्थाले जनाएको छ ।

    मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचका अनुसार गत वर्षको अगस्ट महिनामा तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेयता त्यहाँ पत्रकार तथा मिडियाहरुमाथि हुने हिंसात्मक घटनाको उजुरी दर्ता गर्न समेत समस्या उत्पन्न हुँदै आएको छ ।

    ‘अफगानिस्तानमा समाचार संकलन गर्न निकै अप्ठेरो छ ।’ पूर्वी अफगानिस्तानको ननगरहार प्रान्तका एकजना पत्रकारलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

    ‘जे पनि हुनसक्छ, तपाईँलाई पक्राउ गर्नसक्छन्, कुटपिट हुनसक्छ, यातना दिनसक्छन् वा मारिन पनि सक्नुहुन्छ ।’ ह्युमन राइट्स वाचकी अनुसन्धानकर्ता फेरेस्ता अब्बासीले भनिन् ।

    अब्बासीका अनुसार अफगानिस्तानको कन्दहार शहरमा मात्रै तालिबानको सङ्गीतमाथिको प्रतिबन्ध बेवास्ता गरेको भन्दै चार वटा रेडियो स्टेशनमा छापा मारिएको छ । तालिबानले ६ जना पत्रकारलाई नियन्त्रणमा लिएको समेत उनले बताइन् ।

    आइन्दा यस्तो नगर्ने शर्तपछिमात्रै उनीहरुलाई रिहा गरिएको एएनआईले जनाएको छ ।

  • २५ चैत्र २०७८, शुक्रबार २१:०५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images